Siraha Times
ताजा समाचार

 सगरमाथा चौधरी आँखा आस्पताल र लहान नगरपालिकाले गरे  सम्झौता

  • पुस २३, २०८१
  • ८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस २३ । लहान नगरपालिकाको कार्यालय र सगरमाथा चौधरी आँखा अस्पताल लहान बीच लहान नगर प्रमुख महेश प्रसाद चौधरीले मोतिया विन्दु रोगीहरुको अप्रेशन कार्यक्रम संचालन सम्वन्धि संझौता भएको छ  २०८१/८२ का लागि पुन: स्वास्थ्य सेवाको लागि सगरमाथा चौधरी आँखा आस्पतालका अध्यक्ष रबिन्द्र चौधरी र अस्पताल प्रमुखसङ दुइपक्षिय कागजी सम्झौता भएको छ । बिगत दुई बर्षको सम्झौताको हिसाबले लहान नगरमा निशुल्क गरेको मोतियाबिन्दु शिबिरमा आहिले सम्म १९०० जनाले यस सगरमाथा चौधरी आँखा अस्पतालबाट सेवा लिसकेको शिबिरका  प्रमुख राजकुमार यादबले जनाएको छ । 

सगरमाथा चौधरी आँखा अस्पताल लहानले बिश्वमा ISO प्रमाणपत्र प्राप्त गरेको अस्पतालका अध्यक्ष रबिन्द्र चौधरिले जनाएको छ। यो प्रमाणपत्र अस्पतालको गुणस्तरीय व्यवस्थापन र सेवामा प्रतिबद्धता जनाउँछ । ISO प्राप्त गर्नका लागि अस्पतालले आफ्नो सेवा प्रक्रिया, मापदण्ड र व्यवस्थापन प्रणालीमा सुधार गरेको छ। सगरमाथा चौधरी आँखा अस्पतालले यस प्रमाणपत्रको माध्यमबाट बिरामिहरूलाई थप उत्कृष्ट र व्यवस्थित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। अस्पतालको जनसम्पर्क विभागका अनुसार, ISO प्रमाणपत्र प्राप्त गर्नु अस्पतालका लागि ठूलो उपलब्धि हो र यसले समग्र अस्पतालको कार्य प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

आँखाको निशुल्क मोतियाबिन्दु करार संझौतामा प्रथम पक्ष लहान नगरपालिकाको कार्यालय लहान र द्वितिय पक्ष नेपाल नेत्रज्योती अन्तरगतको पर्नेछ भने जानकारी प्रप्त भयो यस नगरपालिकाले मोतिविन्दुबाट हुने अन्धोपनलाई न्यूनिकरण गर्ने अठोटका साथ विभिन्न कार्यक्रमहरु संचालन गर्ने क्रममा २४ वटा सम्म जांचा स्वास्थ्य शिविर संचालन गरि १००० वटा सम्म मोतिबिन्दु भएका विरामीहरुलाई यम कार्यालयको तर्फवाट प्रति बांधामा SICS अप्रेसन गरेबापत लेन्स, कन्जुमेवनल्स तथा अन्य खर्च वापत हुन आउने कुल खर्च रु २५००/- को दरले पक्षले तथा अपरेसन पश्चात विरामी घर फिर्ता जादांको यातायात खर्च तथा खाना विरामी स्वयंले व्यहार्नेछ।

 

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१