नेपाल रेडक्रस सोसाइटी माँ राजदेवी भगवतीको १९औं साधारण सभा सम्पन्न

  • पुस २३, २०८१
  • ४१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ पुस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका- ३ परिहारमा रहेको नेपाल रेडक्रस सोसाइटी माँ राजदेवी भगवतीको १९ औं साधारण सभा पुस २० गते भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता रेडक्रस उप शाखा सभापति सतेलाल यादवको रहेको थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला शाखा सभापति राजदेव यादवको रहेको थियो। 

आजिवन सदस्य मो० रहमुल मियाँको उद्‌घोषमा संचालन भएको कार्यक्रममा विशिष्ट अतिथिहरु विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिहरु लगायत अन्य गन्यमान व्यक्तिहरू समेत रहेका थिए। यस साधारण सभा मार्फत पुनः सतेलाल यादव सभापति रहने गरी ११ सदस्यी समिति निर्विरोध चयन भएका छन।

उक्त कार्यक्रममा जम्मा २९ जनाले रक्तदान गरेका थिए भने ११ जना कार्य समिति र ४१ जना आजिवन सदस्यलाई प्रमाण पत्र वितरण भएको थियो।कार्यक्रमको दौरान विभिन्न बक्ताहरुले रेडक्रस सम्वन्धी धेरै सान्दर्भिक कुराहरु राखेका थिए। वक्ताहरु लहान शाखा सदस्य प्रयागलाल यादव, उपशाखा भु.पु.सभापति अधिवक्ता राजदेव यादव, उपशाखा सचिव दिपेन्द्र यादव, जिल्ला शाखा सभापति राजदेव यादव लगायत अन्य विशिष्ट व्यक्तिहरुले संस्था सम्बन्धी आफ्ना महत्वपूर्ण धारणाहरु राखेका थिए।

संस्थाको लेखा परिक्षण प्रस्तुत गर्दै उप शाखा स‌भापति सतेलाल यादवले आज भन्दा २० वर्ष अगाडी अधिवक्ता राजदेव यादव‌को बिशेष पह‌लमा परिहारपुरमा स्थापना भएको यो संस्था विस्तारै विस्तार हुँदै आज जिल्ला सभापति राजदेव यादव र प्रयागलाल यादवको विशेष पहलमा र गा.पा.अध्यक्ष केदारनाथ यादव‌को सह‌योगमा आज सुविधा सम्पन्न भवन सहित धेरैजना सदस्य वनिसकेको वताएका थिए।

May be an image of 7 people and dais

सभापति यादव अगाडी थप्दै यस संस्था मार्फत धेरै जनालाई लहान ब्लड बैंकको सहयोगमा रगत निशुल्क ब्यबस्थापन गरिएको बताउँदै साविक गा.वि. महदेवा पोताहामा रहेको यो संस्था अब पालिका स्तरीय बनेको बताएका थिए भने यस आर्थिक बर्षमा गा.पा. अध्यक्ष यादवकै बिशेष सहयोगमा सुबिधा सम्पन्न शौचालय निर्माण हुने समेत बताएका थिए।

May be an image of 10 people and people studying

यसै कार्यक्रम मार्फत वकिल राजदेव यादवको बुवा देवन यादव रू १ लाख तिरी ययस्कर सदस्य र सतेलाल यादव रामसुनैर देवी यादव दम्पतिले पनि रु १ लाख तिरेर ययस्कर सदस्य बनेका हुन भने शिक्षक जितेन्द्र यादव रु २५ हजार तिरेर विशिष्ट सदस्य यसै कार्यक्रम मार्फत घोषणा भएका छन। नेपाल रेडक्रस सोसाइटी एउटा समाजिक संस्था हो जो कसै संग लुकेको छैन। बिपतको समयमा अग्र पंक्तिमा उभिने यो संस्थाको सेवा अब सहज रूपमा यस पालिकामा प्रवाह हुने भएकोले स्थानीय हर्षित हुदै संस्थालाई आज यहाँ सम्म ल्याइदिनु हुने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन अर्पण गरेका थिए।

May be an image of 6 people, temple, hospital, dais and text

No photo description available.May be an image of 5 people, hospital and text

प्रतिक्रिया दिनुहोस

सिरहाको मौवाहीमा स्व ...

ओम प्रकाश यादव लहान, २६ बैशाख । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीमा निर्माण ...

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१