ताजा समाचार

कमला पूलको मर्मत गर्ने कार्य पुनः सुरु

  • पुस २०, २०८१
  • ९४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, पौष २० । मधेशको लाइफ लाईन मानिने हुलाकी राजमार्ग अन्तर्गत पर्ने सिरहा र धनुषा जोड्ने कमला पूलको मर्मत गर्ने कार्य पुनः सुरु भएको छ।

करिब १२ वर्ष लगाएर निर्माण सम्पन्न गरेको सो कमला पूल उद्घाटनको पूर्व सन्ध्यामा २०७८ सालको बाढीले बगाएपछि निर्माण कार्य अधुरै रहेको छ भन्ने यात्रुहरु रु. १०० तिरेर वर्षातको समयमा नाउमा सवार भई आवत जावत गर्दै आएकोमा विगत केही महिना देखि सिरहा नगरपालिकाको पहलमा अस्थायी बाँस र काठले बनाएको पुलमा रु.२० तिरी यात्रा गर्दै आइरहेको स्थानियहरु बताउँछन् ।

मर्मत कार्य शुरू भएपछि यस भेगका बासिन्दाहरुलाई पुनः कमला नदीको पूलबाट यात्रा गर्ने आशा जागेको सिरहा नगरपालिका वडा नं ११ का युवा मनिक कुमार कामतीले बताए । कमला नदीमा पूल नहुँदा दैनिक हजारौ यात्रुहरु जोखिम मोलेर यात्रा गर्दै आइरहेका छन् । तसर्थ यो वर्षको वर्षात अगावै पूलको मर्मत कार्य सम्पन्न हुने गरी कार्य गरेमा पूल सुचारु गर्न असम्भ भन्ने छैन।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤