ताजा समाचार

खुट्टीखोला ठेक्का लगाउनुपर्ने माग राख्दै ट्रयाक्टर व्यवसायी तथा मजदुरहरु थाले आन्दोलन

  • पुस १८, २०८१
  • ६७७ पटक पढिएको
  • ओम प्रकाश
alt

लहान १८, पौष । सिरहाको लहान स्थित रहेको खुट्टीखोला ठेक्का लगाउनुपर्ने माग राख्दै लहानका ट्रयाक्टर व्यवसायी तथा मजदुरहरु आज देखि आन्दोलनमा उत्रेको छ । डिभिजन वन कार्यालय लहानको लापरवाहीको कारण आफुहरुलाई ढुङ्गा, गिट्टी, वालुवा निकासीमा रोक लगाएको भन्दै करिब दुई दर्जन भन्दा बढी ट्रयाक्टर व्यवसायी तथा सयौंजना मजदुरहरुले आज वन कार्यालय सिरहा, लहान परिसरमा नारा जुलुस गरेका थिए । खुट्टीखोला ठेक्का नलागेको कारण हामी व्यवसाय र मजुदरहरुको दैनिक छाक टार्न कठिनाई भएको एकजना मजदुर राम पासमानले बताएका छन् । खुट्टीखोला ठेक्का नलगेसम्म अनिश्चितकालका लागि आन्दोलन जारी रहने आन्दोलित पक्षको कथन छ ।

स्थानीय नदिजन्य खोलाबाट ढुङ्गा, गिट्टी, वालुवा निकासीका लागि नगरपालिकाले ठेक्का लगाउन सक्ने कानुनी प्रावधान छ । त्यसका लागि सार्वजनिक सुनवाईमा लिखित राय सुझाव (IEE) प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ । कन्सल्टयान्सीले सो प्रतिवेदन तयार गरिसकेपछी डिभिजन वन कार्यालयले मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयमा सल्लाह/ सुझाव पठाउनुपर्ने कानुनी प्रावधान रहेको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले बताए । नगरपालिकाले पटक/पटक ठेक्का लगाउन प्रयास गरेकै हो । पालिकाद्वारा हस्ताक्षरित उक्त प्रतिवेदन हामीले कयौं पटक वन कार्यालय सिरहा, लहानमा पठाएकै छौं । तर, वन कार्यालयका प्रमुखले हस्ताक्षर नगरेको कारण त्यस्तो समस्या सृजना भएको प्रमुख चौधरीले सुनाए ।

खुट्टीखोला ठेक्का नलागेको कारण राजस्व संकलनमा पनि रोक लागेको छ । वन कार्यालय मार्फत सल्लाह/सुभाव दिई पठाउने आई.ई.ई. प्रतिवेदन स्वीकृत गर्ने अधिकार मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको छ । तर, वन कार्यालयले साकारात्मक वा नाकारात्मक कुनै सुझाव हालसम्म पनि मन्त्रालयलाई नपठाएकोले खोला ठेक्का लाग्न नसकेको लहान नगरपालिकाका ईन्जिनियर अनिक यादवको भनाई छ । खोला खुल्ने समस्या सामाधानका लागि प्रमुख जिल्ला अधिकारी, लहान नगरपालिका, वन कार्यालय, आन्दोलित मजदुर/ट्रयाक्टर व्यवसायी र सरोकारबाला बिच छिट्टै वार्ता हुने श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤