ताजा समाचार

मधेश प्रदेशकी सांसद सहिदा खातुनमाथि कुटपिट र दुराचारको आरोप

  • पुस १८, २०८१
  • ७६४ पटक पढिएको
  • ओम प्रकाश
alt

लहान १८ पुस । मधेश प्रदेशकी सांसद सहिदा खातुन र उनको परिवारले गोलबजार नगरपालिका–१३, दुर्गापुरकी दीपत खातुन र उनका श्रीमान् नथुनी मियाँसहित परिवारका अन्य सदस्यहरूलाई कुटपिट गरेको आरोप लागेका छन्।

पीडित पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै सांसद खातुन, उनका श्रीमान् मो. हाकिम, छोरा दिल मोहम्मद र भाई मो. रहिमले ४० हजार रुपैयाँको विषयलाई लिएर कुटपिट गरेको बताएका हुन्।

पीडित दीपत खातुनका अनुसार सांसद खातुनले आफ्नो छोराको नाम खुनी मुद्दाबाट हटाउन खर्च भएको ४० हजार रुपैयाँ माग गरेकी थिइन्। दीपत खातुनले उक्त विषयमा पञ्चायतमार्फत छलफल गर्न खोज्दा सांसद खातुन र उनका परिवारका सदस्यहरूले उनीमाथि हातपात गरेको बताइएको छ।

कुटपिटको क्रममा छिमेकीहरूलाई समेत कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ। घटना पछि दीपत खातुन र उनका परिवार अहिले गोलबजारको भूमिजा अस्पतालमा उपचार गराइरहेका छन्।

सांसद खातुनको निर्देशनमा पीडित पक्षका चार जना—आलम मियाँ, अब्दुल अजीज, मो. रजाबुल र मो. रोजाईलाई प्रहरीले पक्राउ गरेको पीडितले बताएका छन्।

पत्रकार सम्मेलनमा दीपत खातुनले आँसु झार्दै भनिन्, “हामीलाई सांसद र उनका परिवारले कुटपिट गरेर उल्टै हाम्रा मान्छेलाई थुनाइरहेका छन्। हामिलाई न्याय दिने कोही छैन। हामी गरीब चटपटे बेचेर जीवन चलाउँछौं। हाम्रो सहारा को बन्छ?”

यस विषयमा सांसद सहिदा खातुनसंग प्रतिक्रिया लिन खोज्दा कुनै प्रतिक्रिया दिएको छैन। पीडित पक्षले घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले सांसद पदमा रहेकी व्यक्तिले यस्तो ज्यादती गर्नु खेदजनक भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤