Siraha Times
ताजा समाचार

बालविवाह मुक्त घोषणाको ऐतिहासिक उपलब्धि छिन्नमस्ता गाउँपालिकामा

  • पुस १५, २०८१
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ पुस सप्तरीको छिन्नमस्ता गाउँपालिकाले बालविवाह मुक्त घोषणा गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ। मधेस प्रदेशका स्थानीय तहहरूमध्ये बालविवाह मुक्त बन्ने छिन्नमस्ता तेस्रो गाउँपालिका बनेको संचारकर्मी सन्जु कुमारी दासले जनाएकी हुन।यस घोषणाले बालबालिकाको अधिकार संरक्षण, शिक्षामा पहुँच, र महिला सशक्तीकरण तर्फ एउटा उल्लेखनीय कदम चालेको छ।

यस अभियानलाई सफल बनाउन पालिकाले विभिन्न चरणमा ठोस कदम चालेको थियो। वडास्तर देखि समुदायस्तर सम्म सचेतना अभियान सञ्चालन गर्दै जोखिममा रहेकाबालबालिकाको पहिचान र सुरक्षा सुनिश्चित गरिएको छ। साथै, बालविवाहविरुद्धका नीति कार्यान्वयनमा वडा समितिहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको देखिन्छ। यस अभियानमा सेभ द चिल्ड्रेनको विशेष योगदान रहेको थियो। 

यस संस्थाले आवश्यक स्रोत, ज्ञान, र सहकार्य उपलब्ध गराउँदै बालविवाह अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीयहरुले बताएका हुन। समुदायका शिक्षक, अभिभावक, महिला समूह, र युवा क्लबहरूले पनि यो उपलब्धि सम्भव बनाउन योगदान पुर्‍याएका छन्। बालविवाह मुक्त घोषणाले पालिका भित्र बालबालिकाको शिक्षामा पहुँच विस्तार, किशोरकिशोरीहरूको स्वास्थ्य सुधार, र सीप विकासका अवसरहरू सिर्जना गर्ने आधार तयार गरेको छ। यो कदमले महिलाको सशक्तीकरण र दीर्घकालीन विकासको मार्ग प्रशस्त गरेको छ।

छिन्नमस्ता गाउँपालिकाको यो सफलता अन्य स्थानीय तहका लागि प्रेरणादायक बनेको छ। यस उपलब्धिले न केवल स्थानीय समुदायमा आशा जागेको छ, तर देशभर बालविवाह अन्त्यका लागि अभियानलाई सशक्त बनाउने विश्वास गरिएको छ।

पालिकाका जनप्रतिनिधि, स्थानीय अभियन्ता र नागरिकको सामूहिक प्रयासले असम्भवलाई सम्भव बनाएको यो कदम समाजमा सकारात्मक परिवर्तनको प्रतीक बनेको छ। अब, छिन्नमस्ताले बाल अधिकारको संरक्षणमा उदाहरणीय योगदान दिने लक्ष्य राखेको गा.पा.अध्यक्ष सचिवालयले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१