Siraha Times
ताजा समाचार

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच समन्वयात्मक बैठक सम्पन्न ।

  • पुस १३, २०८१
  • १०५६ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा, पुस १३ गते । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच नियमित हुने समन्वयात्मक बैठक "डिआईजी स्तरका समकक्षीहरूबीचको समन्वय बैठक सम्पन्न भएको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल बीच नियमित रुपमा हुने डिआईजी स्तरीय समन्वयात्मक बैठक सकिएको छ ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल¸नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बलका सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दिपक कुमार आएपिएस ¸ सेक्टर कमाण्डर डिआईजी राजेश टिकु र सेक्टर कमाण्डर डिआईजी सुब्रमानिएमको उपस्थितिमा बैठक सम्पन्न भएको थियो।

कार्यक्रममा मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल¸ नेपालका गणपतिहरु ,निमित्त गणपतिहरु लगायतका अधिकृतहरुको उपस्थिति रहेको थियो भने एसएसवीका बटालियन कमाण्डेन्टहरु¸ लगायतको उपस्थिति रहेको थियो।

बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने नं.२ बाहिनीले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१