ताजा समाचार

लहान १३ मा आवलागी २५ हजारको क्षती

  • पुस १०, २०८१
  • ९४१ पटक पढिएको
  • रहमुल
alt

शम्भु चौधरी लहान, १० पुस । गए राती लहान १३ घलेटोलमा आगलागी भएको छ । आगलागी परालको टालमा भएको स्थानिय अमिरलाल यादवले बताए । नन्दकिशोर मिश्रले करीब डेढ बिगहाको पराललाई टाल बनाएर राखेकोमा आगलागी भएको पिडित मिश्रले बताए ।

आगो कसरी लगेको कु्रा पता नलागेको अवस्था छ । अज्ञात समुहले आगो लगाए ता पनि ( नाम नखुल्ने गरी ) एक जना माथी शंका भएको पिडित मिश्रले बताए । आगलागीबाट करीब २५ हजार बराबरको क्षति भएको पिडित पक्षको दवी छ । आगलागीबाट उखु खेतीमा पनि क्षति भएको र यस पटक गरेर मेरो परालको टालमा दुई पटक आगो लगाएको पिडितले बताए ।

आगो नियन्त्रणमा लिन स्थानिय बासीको सहयोग,ईलाका प्रहरी कार्यालय पक्कीटोल, शस्त्र बेश क्याम्प लहान र लहान बारुण यन्त्रको सहयोगमा केहि बेर पछि आगो साम्य पारेको थियो । आगो अहिले पनि पुर्णरुपमा निभेको छैन । परालको टाल अति ठुलो छ कि आगो एक हप्तासम्म रहन सक्ने स्थानियहरुले बताए । हाम्रो समाजबाट नैतिकता नै हराएको स्थानिय एक शिक्षक कौशल मिश्रले बताए । मान्छेको खाना बजार वा कुनै पसलमा किन्न सक्छौ तर वस्तुभावको खाना कहा किन्छौ । यस्तो निन्दनिय कार्य गर्ने मान्छे मानव नै होईन शिक्षक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤