Siraha Times
ताजा समाचार

न्युन मलखाद्य आपूर्ति हुँदा सिरहाका किसान मर्कामा

नवराजपुर गा.पा.प्रमुख यादवद्वारा साल्ट ट्रेडिंगमा अनुगमन

  • पुस ८, २०८१
  • ६३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ८ ‌पुस ।सिरहा जिल्लामै हाहाकार मचिरहेको मलखाद्यले किसानहरुलाई त्राहिमाम भैरहेको पिडालाई आफ्ना पिडा सम्झी प्रमुख यादव पुस ७ गते आइतवार सिरहा जिल्लाको लहान नगरपालिकामा रहेको साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनि लिमिटेड लहानमा नवराजपुर गाउँपालिका प्रमुख शिवउद्‌गार यादव टिम सहित अनुगमन् गर्दा डि.ए.पी. मलको अभाव रहेको पाइएको छ। किसानको माँग अनुसार मलखाद आपुर्ति हुन नसकेको कारण यस्तो समस्या आएको दुबै कार्यालयका प्रमुखहरुले बताएका छन।

न्युन मलखाद्य आपूर्ति हुँदा सिरहाका किसानहरु ठूलो मर्कामा परेको छ भने यसपालि गहुँ उत्पादन सिरहा जिल्लामा ह्वातै घटने प्रवल संभावना बढेको छ। जनसंख्या वृद्धिदर उच्च तर उब्जाउ जमिन जस्ताको त्यस्तै रहेको अवस्था एका तिर छ भने अर्को तिर धेरै पहिला देखी मापदण्ड विपरित रसायनिक मलको प्रयोगले ८५% माटो विरामी रहेको अबस्था छ। थोरै मल प्रयोग गर्दा उत्पादन थोरै हुने भएकोले केहि बर्ष देखी किसानहरु खेतवारीमा रसायनिक मल बढि प्रयोग गरिरहेका छन। 

हुन् त रसायनिक मलको हाहाकार प्रत्येक बर्ष भैरहेको भएता पनि यस बर्ष झन विकराल अवस्था रहेको देखिन्छ । गहुँ खेतिको लागी सरकारले साल्टू ट्रेडिङ मार्फत २ हजार बोरा र कृषि सामग्री कम्पनी लि. लहान मार्फत १२७२ बोरा डिएपी मल लहानमा पठाए‌को छ। जबकी सिरहाको लागी आएको डि.ए.पी. मल एउटा पालिकाको लागी पुग्दैन अनि जिल्लाको १७ वटा पालिकाको किसानको हालत के हुने हो निकै ठूलो चिन्ताको विषय बनेको छ। १५% कोटा विशेष व्यक्तिको लागी छुटयाइएको कुरो आज सार्वजनिक भए‌को छ त्यो वास्तवमा ठीक हो त ? यो पनि बुझनु पर्ने विषय हो।

हाल जुन रसायनिक मल विक्रिवितरण भैरहेको छ यो अनुदानको मल हो र यसका लागी आहिले किसान छटपटाई रहेको भौतारी रहेको छ किन? किसानको मत पाएर सरकारमा गएका माननीय ज्युहरु आखिर किसानलाई नै दुःख पिडा दिनु कहाँ सम्म जायज छ त ? आखिर यो विकराल समस्या कहिले सम्म? सोचनीय विषय हो। जैविक विधि वाट नेपालमा खेती गराउने योजना तिनै तहको सरकारको रहेको छ र यसका लागी देशै भरी धेरै उद्योग पनि संचालनमा छन त्यति मात्र हैन भैरहवामा रसायनिक मल कारखाना पनि खुलिसकेको छ तर सरकारको ध्यान त्यस तर्फ देखिदैन अनि कसरी यो मलखाधको समस्या समाधान हुने हो ?अब पनि सरकार कृषि र किसान प्रति गम्भीर न भए देशमा खाध संकट आउने लगभग निश्चित रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१