ताजा समाचार

चमार कल्याण समाज नेपाल को बिस्तारित बैठक सम्पन्न

  • मंसिर ३०, २०८१
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जग जिवन राम ३० मंसिर । सारा नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटिको विस्तारित बैठक आज एतिहासिक जिल्ला रौतटहको कटहरिया न.पा.बिवाह मण्डप सभा हलमा सम्पनन भएको छ।

चमार कल्याण समाज नेपालको केन्द्रिय कमिटिमा देशभरका लगभग १८ जिल्ला एवमं प्रवास कमिटिका प्रतिनिधिहरूको उपस्थितिमा दिनेश चमार ज्युको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय कमिटीमा लुम्बिनी र कोशी प्रदेशमा थप हुनेगरि उपाध्यक्षमा ओम प्रकास राम चमार(रौतहट) , पुनित राम चमार (रौतहट) महासचिवमा संगिता कुमारी राम (रौतहट) , सचिव रन्जित कु. महरा (धनुषा) मधु कुमारी राम चमार (पर्सा) ,कोषाध्यक्षमा सुरेन्द्र महरा चमार (सिरहा) , सहकोषाध्यक्ष गुन्जा कुमारी राम (सप्तरी) र सदस्यहरुमा बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिरहा,सप्तरी, सुनसरी, मोरंग , झापा, रुपन्देही, कपिलबस्तु, नवलपरासी, बाके बर्दिया , उपत्यका कमिटिबाट ५ जना (२ महिला) सहित लाई निर्विरोध चयन गरिएको छ ।

चमार कल्याण समाज नेपालको केन्द्रिय कमिटिमा ५ जना उपाध्यक्ष, ५ जना सचिव समेत हरेक प्रदेशबाट भुगोल मिलाएर पदपुर्ति गर्ने केन्द्रिय महासचिव संगिता कुमारी राम चमारले जानकारी दिनुभयो । महासचिव रामका अनुसार संगठनको बरिष्ठ सल्लाहकारमा सेवल महरा चमार , सुकदेव राम र थप लुम्बिनी प्रदेश, उपत्यका कमिटि र कोशी प्रदेशकबाट थप गर्ने साथै प्रेस सल्लाहकारमा धनिराम कोरी चमारलाई राख्ने निर्णय गरेको छ । चमार कल्याण समाज नेपाल प्रवासमा पनि समस्या परेका नेपालहरुलाई उद्धार लगायतका कार्यक्रमहरूमा हाम्रो संगठन अग्रसर रहेको साथै छुवाछुत भेदभाव, दाइजो प्रथा, मृत्यु भोज र बिशेष शिक्षामा जोड दिनुहुन केन्द्रीय अध्यक्ष दिनेश चमारले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤