२ दिने टुनाटपपरी तालिम संचालन मुतानीखोला उप-जलाधार लहानमा

  • कार्तिक २९, २०८१
  • ६६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ कार्तिक । संरक्षण परियोजना द्वारा सिरहाको लहान नगरपालिकाको मुतानीखोला उप-जलाधार क्षेत्रमा महिलाहरू र जोखिममा परेका किसानहरूको लागि वातावरण संरक्षणमैत्री जीविकोपार्जन योजना अन्तर्गत १८ जना महिला किसानहरुलाइ २ दिने दुनाटपरी बनाउने तालीम सञ्चालन गरि दुनाटपरी बनाउने मेसिन पनि समूहलाइ सहयोग गरिएको पन्चकाजी श्रेष्ठले जनाएका छन। 

 

सामुदायिक वनमा दैनिक खेर जाने सालको पात संकलन गरी महिला कृषकहरुले मेसिनको सहायताले दुना, टपरी लगायत विभिन्न साइजका पातका प्लेट बनाइ बजारीकरण सम्म गरी जिविकोपार्जन चलाउने भएका छन् । यो व्यवसायले पर्यटकीय क्षेत्र हात्तीदहमा दैनिकी प्रयोग गरिने प्लास्टिकको प्रयोगलाइ न्यूनीकरण गरी पर्यावरण संरक्षणमैत्री जिविकोपार्जनको परिकल्पना समेत गरिएको छ।

 

राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा CARE Nepal को सहयोग, Federation of Community Forestry Users, Nepal (FECOFUN) काे सहकार्य एवं स्थानीय तहको समन्वयमा लहान नगरपालिकामा संरक्षण परियोजना संचालनमा रहेको पन्चकाजी श्रेष्ठ जनाए।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१