Siraha Times
ताजा समाचार

सुनसरी कारागार फोडेर भागेका अभियुक्त छठको घाटबाट परे पक्राउ

  • कार्तिक २४, २०८१
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २४ कार्तिक । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुईपटक भागेका विनायक कुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन्। सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गतराति नेपाल-भारत सीमाको कोशी गाउँपालिका-८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन्।

छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन गोली फायर गर्नुपरेको बताए।प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए।

अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९।०७।२३ गते सुरुङ खनेर भागेका थिए।झुम्का कारागारबाट भागेका विनायकलाई केहि समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो।यद्यपि कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी भूकम्प गएको मौका छोपी २०७२।१।१२ गते भागेका थिए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१