Siraha Times
ताजा समाचार

कतारमा नेपाली दूतावासको विशेष राहदानी नवीकरण कार्यक्रममा: २२५ जनाले लिए सेवा

  • कार्तिक १९, २०८१
  • ५५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा कतार १९ कार्तिक । नेपाली दूतावास दोहा कतारले शुक्रवार आयोजना गरेको विशेष राहदानी नवीकरण कार्यक्रममा २२५ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन्। उपस्थितहरुमध्ये  २५० जनाले राहदानी सुल्क तिरे पनि साँझ ६ बजे सम्म  २२५ जनाले मात्र राहदानी नवीकरणको प्रक्रिया पूरा गर्न सफल भएका हुन ।

बिहान ८ बजेदेखि नै दूतावास बाहिर सयौँको भीड जम्मा भएको थियो, जहाँ विशेष रूपमा २०२१ नोभेम्बरदेखि २०२४ नोभेम्बरसम्म राहदानीको म्याद सकिएका सेवाग्राहीहरूलाई प्राथमिकता दिइएको थियो। दूतावासले यस विशेष कार्यक्रमको आयोजना गरेर कतारमा रहेका नेपाली श्रमिकलाई राहदानी नवीकरणको सुविधा प्रदान गरेको हो।

कार्यक्रमको सफलताका लागि विभिन्न सामाजिक र संस्थागत प्रतिनिधिहरूले विशेष योगदान दिएका थिए। गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वयन समितिका अध्यक्ष रमेश भट्ट, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष दिलकुमार श्रेष्ठ,  एनसीसी प्रथम्  उपाध्यक्ष कृष्ण पन्थी, सचिव सन्तोष क्षेत्री, प्रवासी  भुजेल समाजका अध्यक्ष विकास भुजेल, , पत्रकार तिलु शर्मा पौडेल, कतारमा स्थापित वैचारिक संस्थाहरूका अध्यक्षहरू म. अजिज अलि, मोहम्मद मुक्तादा मुसलमान, रामप्रसाद पराजुली, मनिष यादव  सामाजिक अभियन्ता चानक पोखरेल , करिम बक्स मिया लगायतका व्यक्तित्वहरूले सेवाग्राहीहरूलाई फारम भर्न र लाइनमा बस्न सहजीकरण गरेका थिए। सेवाग्राहीहरूले अनलाइन प्रणालीमा समस्या आइरहेको हुँदा फारम भर्न कठिनाइ भोगेका थिए, जसलाई उपस्थित सामाजिक अभियन्ताहरूले फारम भरेर सहयोग गरेका थिए।

उपस्थित सेवाग्राहीहरूको ठुलो सङ्ख्या भएकाले  व्यवस्थापनमा केही कठिनाइ आएको थियो। सेवाग्राही  श्रमिकहरूको ठुलो समूह भएको कारण भीड नियन्त्रण गर्न समस्या भएको हो, जसका कारण सेवाग्राहीहरूलाई लाइनमा व्यवस्थापन गरिएको थियो । दूतावासका अनुसार, भीड व्यवस्थापनका क्रममा कतिपय सेवाग्राहीलाई अर्को मितिमा राहदानी नवीकरण गर्न आउन् भनेर फिर्ता पठाइएको छ । दूतावासका प्रथम सचिव कृशु क्षेत्रीले जानकारी दिएअनुसार नवीकरण सुल्क तिरिसकेका  बाँकी २५ जनालाई आइतबार, सोमबार र मङ्गलवारका लागि मिति तोकी फिर्ता पठाइएको छ।

राहदानी नवीकरणका लागि अनलाइन स्लट उपलब्ध नहुँदा कतारमा रहेका नेपाली श्रमिकहरूले लामो समयदेखि समस्या झेलिरहेका थिए। यसै कारण गैर आवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ कतार शाखा, र कतारमा स्थापित अन्य वैचारिक तथा सामाजिक संस्थाहरूको छलफलपछि यो विशेष कार्यक्रमको आयोजना गरिएको थियो। शुक्रवारको कार्यक्रममा सहभागी हुन नपाएका श्रमिकहरूको सङ्ख्यासमेत धेरै भएकोले, दूतावासले दसैँपछि पुनः यस्तै विशेष कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। नेपाली समाजको अगुवाहरूले यो बिशेष सुबिधाको लागी दुताबासलाई धन्कायवाद दिदै  आगामी दिनहरूमा  अझै राम्रो व्यवस्थापन सहित  बाँकी सेवाग्राहीहरूले राहदानी नवीकरणको सेवा दिन अनुरोध गरेको छन् l

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१