ताजा समाचार

राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे स्थानीयद्वारा छानबिनको माग

  • कार्तिक ११, २०८१
  • ६३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कात्तिक ११ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा राहत वितरण प्रक्रियामा भएको धाँधली र सोही क्रममा वडाअध्यक्षबाट एक लाभग्राही माथी भएको हातपात बारे स्थानीयले छानबिन गरी दोषी माथी कारबाहीको माग गरेका छन् । शनिवार घटनास्थलमै पीडितपक्षले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माँग गरेका हुन् । ठुलो संख्यामा भेला भएका स्थानीयले अघिल्लो दिन बिहीवार वडा नं. ४ कार्यालयद्वारा विपद् प्रभावित महिला तथा किशोरीहरुका लागि आयोजित किड्स वितरण कार्यक्रममा वडाअध्यक्ष मुनिलाल मुखियाले सोही वडा निवासी डोमी सुतिहारलाई हातपात गरेको गुनासो गर्दै उनीमाथी कारबाहीको माग गरेका छन् । उनीहरुले किड्स वितरणमा मात्र नभई बाढी प्रभावित परिवारका लागि नगद् १५ हजार रुपैयाँ राहत वितरण कार्यमा समेत धाँधली भएको भन्दै सोको छानबिन हुनु पर्ने माँग गरेका छन् ।

पत्रकार सम्मेलनमा स्थानीयबासी डोमी सुतिहारले बाढी प्रभावित परिवारका लागि वडा कार्यालयले चलाएको विकड्स वितरण कार्य मनपरी ढंगले भइृ रहेको देखे पछि विरोध गर्दा एक्कासी वडा अध्यक्ष मुखियाले आफुमाथी मुक्का बर्साउन थालेको गुनासो पोखे । स्थानीय समाजसेवी सुरजित सिंह गुड्डु्ले १५ हजार नगद र किड्स वितरण दुवै राहत कार्यमा वडाअध्यक्षले आफ्नो आसे पासे, कार्यकर्ता र आफन्तलाई प्राथमिक्तामा राखेको बताए । उनले पाउनु पर्ने वास्तविक पीडितलाई छुट्याएर मनपरी ढंगले गरिएको राहत वितरण प्रक्रियाको उच्चस्तरीय छानबिन हुनुपर्ने माँग गरेका छन् ।

स्थानीयबासी प्रमोद शर्माले वडामा बाडिएको राहत वास्तविक भन्दा गैर बाढी पीडितले बढी पाएको भन्दै सोको छानबिन हुनु पर्ने माग गरे । उनले छुटेका वास्तविक घर परिवारको पहिचान गरी पुनः राहत वितरण प्रक्रिया शुरु गर्नु पर्ने बताए । उनले वास्तविक प्रभावितले राहत पाउनु पर्ने माँग गर्दा स्थानीय डोमी सुतिहारलाई कुटपिट गर्ने वडाअध्यक्षलाई कारबाही हुनु पर्ने माँग समेत गरे । गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले कुटपिट तथा राहत वितरण विवादको विषयवारे जानकारी प्राप्त भएको तथा समस्या समाधानका लागि आफुले पहल थालिसकेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤