Siraha Times
ताजा समाचार

सिरहा: नेशनल लघुवित्तद्वारा ३ सय ४० थानझोला वितरण

  • असोज २८, २०८१
  • १३२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, २८ असोज ।  नेशनल लघुवित्त वित्तिय संस्था लि. ले सिरहाको बरियारपट्टिमा झोला र स्टेशनरी वितरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आज संस्थाले बरियारपट्टी गाउँपालिका वडा नं.१ गड्गममा रहेको सरस्वती आधारभुत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई झोला, विद्यालय पोशाक र कपिकलम वितरण गरेको हो ।
सरस्वती आधारभूत विद्यालयलाई ३ सय थान र जनता आधारभूत विद्यालयलाई ४० थान गरि जम्मा ३ सय ४० थान झोला, पोशाक र कपिकलम गरि करिव ६ लाख मोलबराबरको सामान वितरण गरेको संस्थाका अनुगमन अधिकृत आशाराम यादवले बताए ।
बरियारपट्टि गाउँपालिकाको अध्यक्ष संतोष महतोको अध्यक्षता तथा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सिईओ तथा राष्ट्रिय बैंकर संघको अध्यक्ष राम बहादुर यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ममता यादव, वडा नं. १ का वडा अध्यक्ष देवेन्द्र यादव, २ का राम खेलावन दास, ३ का विनोद कुमार यादव, ४ का नवीन कुमार यादव, ५ का शिवनारायण यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिको रुपमा अनुगमन कार्यालय धरानका अनुगमन अधिकृत विष्णु विश्वकर्मा, हेटौंडा अनुगमन कार्यालयका अनुगमन अधिकृत रामपुजन राय, बरियारपट्टिका शाखा प्रमुख देबेन्द्र कुमार यादव, सिरहा शाखाका प्रमुख लोकेश कुमार यादव, पातो शाखाका प्रमुख दिपेश कुमार गोईत, धनगढी शाखाका प्रमुख बलराम कुमार यादव, मधुपट्टि शाखाका प्रमुख प्रमोद कुमार यादव, भगवानपुर शाखाको प्रमुख संतोष कुमार यादव, रुपनी शाखाका प्रमुख भोगेन्द्र यादव, सरस्वती आ.वि. का प्रअ राम विनय यादव, जनता आ.वि. का प्रअ भुवनेश्वर कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम बरियारपट्टि शाखा र सरस्वती आ.वि.को संयुक्त आयोजनामा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१