Siraha Times
ताजा समाचार

घटस्थापनासँगै कलश यात्रा र दुर्गा मन्दिरमा झिलिमिली

  • असोज १८, २०८१
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १८ असोज । बडा दसै अर्थात 'दशहरा पर्व शुरू भएको छ। शारदीय नवरात्र र दशहरा भनिने बडादशै पर्वको पहिलो दिन आज अधिकांश गाउँमा कलश यात्राका साथ घटस्थापना गरिएको छ। दशैं पर्वलाई मधेशमा 'दशहरा भनिन्छ। दशैंको पहिलो दिन आज लहानको दुर्गा मन्दिरलगायत ग्रामिणक्षेत्रमा दुर्गा भगवतिको कलात्मक मुर्ति बनाइ धुमधामका साथ दुर्गा पुजा गरिएको छ। प्रत्येक वर्ष कै यस वर्ष पनि धुमधामका साथ दुर्गा पुजा आयोजना गरिएको छ। सोहि अवसरमा बृहत् कलश यात्रा निकालिएको छ ।

असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्त्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको छ। देवी शक्तिपीठहरूमा कन्याकुमारीले आज धार्मिक महत्वका नदी र सरोबरबाट माटोका नयां घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै त्यही जल कलश स्थापना गरेर घटस्थापना गरिएको छ।

यस प्रयोजनका लागि आज एकाविहानैदेखि बस्तीजस्तीमा कलश यात्राका कार्यक्रम भएको छ। दुर्गा मन्दिरसहितको शक्तिपीठलाई विशेष किसिमले फूलमालाका साथै झिलिमिली पारेर सजाइएको छ। मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई कुनै किसिमको असुविधा हुन नदिन स्वयंसेवक परिचालन गरेको छ। विशेषगरी सप्तमी र अष्टमी तिथिमा श्रद्धालु भक्तजनको विशेष भिड हुने गरेको र त्यसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सुरक्षा बढाए‌को छ। मन्दिरमा विशेष पूजाका साथै सांझ भजन सन्ध्या कार्यक्रमको समेत आयोजना हुने गरेकाले श्रद्धालु भक्तजन दुर्गा मन्दिरमा पूजा आराधनाका लागि दंसैमा आउने गरेको रोशन गुप्ताले जानकारी दिए। दसै सुरु भएसँगै लहानको बजारमा सर्वसाधारणको चहल-पहल बढेको छ। स्थानीय प्रशासनले समेत नगर क्षेत्र भित्रमा सुरक्षा सत्तर्कता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१