ताजा समाचार

सिरहामा निलगाई आतंक, बच्चालाई उद्धार

  • असोज १८, २०८१
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १८ असोज । सिरहाको कमला, बलान, खुट्टी, गागन, घुर्मी छेउको खेतवारीमा निलगाईको आतंक नै चलेको छ । निलगाईले खेतवारीको बाली सखाप पार्ने गरेकोले किसानहरु चिन्तित बनेको छ। यसलाई नियन्त्रण गर्ने निकाय कमजोर रहेको दावी छ। निलगाई बढ्ने क्रम तिव्र छ । सोहीक्रमा लहान नगरपालिका वडा नम्बर १७ स्थित रहेको गोविन्द मुरारी सामुदायिक वन क्षेत्रबाट नवजात निलगाईको बच्चा सब डिवका लहान र डिवका सिरहाबाट उद्दार गरेको छ। यसअघि औरही गाउँपालिका ३ धानखेतमा निला गाई मृत अवस्था भेटिएको थियो। मुखवाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको थियो। बन्यजन्तु चोरी सिकारीरी गरेको प्रमाणित भए बन्यजन्त संरक्षण ऐन २०२९ बमोजिम कारबाही हुनेछ। कसुर प्रमाणिता भए ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १०० लाखसम्म जरिवाना हुने बन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤