Siraha Times
ताजा समाचार

दलित जनकल्याण युवा क्लबको १८ औं बार्षिक समाजिक लेखाजोखा कार्यक्रम मारवाडी सेवा सदन लहानमा सम्पन्न

  • असोज १५, २०८१
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १५ असोज । दलित जनकल्याण युवा क्लब लहानद्वारा १८ औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम २०८१ माडवारी सेवा सदनमा एक कार्यक्रम गरि मनाए । कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएका जिसस प्रमुख दिनेश महतोले नागरिक अधिकार सबैको सरोकारको विषय रहेको भन्दै जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले सामाजिक रुपान्तरणको लागि विभेद अन्त्य हुनु पर्छ बताउँनुभयो ।

दलित जनकल्याण युवा क्लब लहानको १८ औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रमका प्रमुख अतिथीका रुपमा प्रमुख महतोले गरिबीबाट माथी उठ्न शिक्षा, स्वास्थ्यसहित रोजगारीको व्यवस्थापन हुनुपर्ने बताउँनुभयो । दलित समुदायको उत्थान, आत्मनिर्भरसंगै विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता अभियान सञ्चालन गरी समतामूलक समाज निर्माण गर्ने गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएका दलित जनकल्याण युवा क्लव लहानले समाजमा परिणाममुलक कार्य गर्दै आएको छ ।

क्लबका अध्यक्ष उमेश कुमार विसुन्केका सभाध्क्षता भएको कार्यक्रममा धनगढीमाई का मेयर शिवशंकरमहतो, उपमेयर संगीता चौधरी, वाटरएडका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ता, गैसस सिरहाका अध्यक्ष गोविन्द विष्ट,पत्रकार रेडियो सरगमका अध्यक्ष फिरोज शेख , सम्रिधिपथक फिरोज सिद्दिकी ,नेपाल बिबिसीका महेश सिंह ,सिरहाटाइम्सका ओम प्रकाश यादव,रहमुल राइन अन्नपुर्ण पोस्टका शम्भु यादव ,मनिलाल सहित बरियारपट्टी र औरही गाउँपालिकाका उपाध्यक्ष वाडाध्यक्ष, लक्षित समुह संचारकर्मी अधिकारकर्मी लगायतको विशेष उपस्थितीमा कार्यक्रम भएको थियो। कार्यक्रममा महिला उद्दमीहरुले उत्पादन गरेका आचार, खेलौना संगै जिविकोपर्जन गर्न गरिरहेका व्यापार व्यवसायहरुको प्रदर्शनी संगै विक्री वितरण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

दुर्गापुरमा ट्रान्सफ ...

श्रीकान्त झा, सिरहा जेठ ३१ । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुर क्षेत्रमा विद्युत ट्रान् ...

शिवराज अस्पतालमा निः ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जेष्ठ ३१ । कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा ...

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१