दलित जनकल्याण युवा क्लबको १८ औं बार्षिक समाजिक लेखाजोखा कार्यक्रम मारवाडी सेवा सदन लहानमा सम्पन्न

  • असोज १५, २०८१
  • ६८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १५ असोज । दलित जनकल्याण युवा क्लब लहानद्वारा १८ औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम २०८१ माडवारी सेवा सदनमा एक कार्यक्रम गरि मनाए । कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएका जिसस प्रमुख दिनेश महतोले नागरिक अधिकार सबैको सरोकारको विषय रहेको भन्दै जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले सामाजिक रुपान्तरणको लागि विभेद अन्त्य हुनु पर्छ बताउँनुभयो ।

दलित जनकल्याण युवा क्लब लहानको १८ औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रमका प्रमुख अतिथीका रुपमा प्रमुख महतोले गरिबीबाट माथी उठ्न शिक्षा, स्वास्थ्यसहित रोजगारीको व्यवस्थापन हुनुपर्ने बताउँनुभयो । दलित समुदायको उत्थान, आत्मनिर्भरसंगै विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता अभियान सञ्चालन गरी समतामूलक समाज निर्माण गर्ने गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएका दलित जनकल्याण युवा क्लव लहानले समाजमा परिणाममुलक कार्य गर्दै आएको छ ।

क्लबका अध्यक्ष उमेश कुमार विसुन्केका सभाध्क्षता भएको कार्यक्रममा धनगढीमाई का मेयर शिवशंकरमहतो, उपमेयर संगीता चौधरी, वाटरएडका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ता, गैसस सिरहाका अध्यक्ष गोविन्द विष्ट,पत्रकार रेडियो सरगमका अध्यक्ष फिरोज शेख , सम्रिधिपथक फिरोज सिद्दिकी ,नेपाल बिबिसीका महेश सिंह ,सिरहाटाइम्सका ओम प्रकाश यादव,रहमुल राइन अन्नपुर्ण पोस्टका शम्भु यादव ,मनिलाल सहित बरियारपट्टी र औरही गाउँपालिकाका उपाध्यक्ष वाडाध्यक्ष, लक्षित समुह संचारकर्मी अधिकारकर्मी लगायतको विशेष उपस्थितीमा कार्यक्रम भएको थियो। कार्यक्रममा महिला उद्दमीहरुले उत्पादन गरेका आचार, खेलौना संगै जिविकोपर्जन गर्न गरिरहेका व्यापार व्यवसायहरुको प्रदर्शनी संगै विक्री वितरण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१