Siraha Times
ताजा समाचार

सन्तानको दीर्घजीवनको लागि 'जितिया पर्व

  • असोज ८, २०८१
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ८ असोज । जितिया पर्व सिरहालगायत मधेशभरी मनाउने तयारी गरेको छ। सन्तानको सुख शान्ति तथा दीर्घजीवन, पुत्र प्राप्तिका लागि मनाइने पवित्र 'जितिया पर्व' मधेशमा नहा खाय नुहाएर खाने गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५:१५ बजे जितिया व्रत पारण आजदेखि जितिया व्रत सुरु भएको हो। तिथिको हेरफेरअनुसार यस वर्ष आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार विहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छ भने बुधवारकै दिन सांझ ५.१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ।

व्रत उपवासे बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउमा घिरौलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट ऑपको रसबाट तयार हुने खाद्य पदार्थे र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन्। त्यसैगरी, भोलि मङ्गलबारे बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि बुधवारे सांझ ५:१५ बजे व्रत सम्पन्न गर्नेछन्। सयौं व्रतालुहरुले पवित्र सरोबर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै आजे व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सस्वर र तोरीको तेलसहितका पदार्थ चडाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येवाट आ आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ । व्रतको पहिलो दिन आजे पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा 'माछ मरुवा कोदो' भनिन्छ । त्यसैगरी, विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती व्रतालु महिलाहरु ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओंठमा लगाउनुपर्छ। प्रायः जसो महिलाहरुले ओङ्गठनमा चिउरा, दही खाने गरेको पाइन्छ। त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम। आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष विकट रहेको छ।

मधेशमा मनाइने व्रतहरुमध्ये जितिया व्रत्तलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ। फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत वस्न पाउँदिन। राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई 'जितुमाहन' नामकरण गरी राजाको सम्झनामा उपवास वस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१