Siraha Times
ताजा समाचार

सामुदायिक अन्कपत्र समिक्षा गोष्ठी बलान बिहुलमा

  • असोज ३, २०८१
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३ असोज सप्तरीको बलान बिहुल गाउँपालिकामा न्यायमा पहुँच सबलीकरण परियोजना अन्तर्गत सामुदायिक अंकपत्र समिक्षा गोष्ठी सम्पन्न भएको हाम्रा सहकर्मी रासिन्द्र यादवले जनाएका छन। कार्यक्रममा बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले द्वन्द्व पिडित परिवारलाई शिक्षा,स्वास्थ्य रोजगार सहित न्यायमा पहुँच पुर्याउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउदैँ पहिलो चरणमा द्वन्द्व पिडितको तथ्यांक संकलन तथा कार्यविधि बनाइ सकेको र अब चाँडै अस्थाई परिचयपत्र बितरण गर्ने बताए। अध्यक्ष यादव अगाडी थप्दै द्वन्द पिडित परिवारमा रोजगारको ब्यवस्था मिलाउन गाउँपालिकाले बिभिन्न किसिमको सिपमुलक तालिमको ब्यवस्था मिलाई साना तथा मझौला ब्यवसायका लागी बीउ पुँजीको ब्यवस्थापन मिलाउने र स्थानिय सरकारले द्वन्द्व पिडित परिवारलाई औषधी उपचारका लागि स्वास्थ्य बिमा कार्यक्रममा जोडने समेत बताएका हुन।

कार्यक्रम शुन्यबाट सुरू भएकोले सोचेजस्तो उपलब्धि नभए पनि द्वन्द पिडितको क्षेत्रमा काम गर्न गाउँपालिकाले ठुलो आधार बनाई सकेकोले अगाडिको दिनमा द्वन्द्व पिडितको गुनासो कम हुदँ जाने अध्यक्ष यादवले प्रष्ट पारे।सामुदायिक अंकपत्र समिक्षा गोष्ठीमा सामुदायिक अंकपत्रको अवधारणा कार्यान्वयन विधि प्रक्रिया र महत्त्व बारे न्यायमा पहुँच सबलिकरण परियोजना ब्यवस्थापक रामकृपाल साहले प्रष्ट पारेका थिए। कार्यक्रममा स्थानिय सरकारले द्वन्द पिडितको बर्गिकरण र तथ्यांक संकलन, स्थानिय सरकारले आयोजना गर्ने योजना तर्जुमा, स्थानिय सरकाले द्वन्द पिडितलाई लक्षित गरी गर्ने आर्य आर्जनका काम, स्थानिय सरकार मार्फत द्वन्द पिडितहरुले गर्ने परिपुरण सुबिधा उपभोग,सशत्र द्वन्दकालका घटनाहरुको स्मृतीका लागी भएको कार्यक्रम सञ्चालन, द्वन्द पिडितहरुले आवश्यकतानुसार मनो सामाजिक सेवा, द्वन्द पिडितको कार्यक्रम पालिकाको निति तथा कार्यक्रममा समाबेश बिषयमा छलफल भएको बताईएको छ ।

कार्यक्रममा बलान बिहुल गाउँपालिकाका उपाध्यक्ष रेणु यादव, वडा नम्बर- १ का वडा अध्यक्ष रामकुमार यादव, २ का ईन्द्र देव यादव, ४ का लक्ष्मी नारायण झा, कार्यपालिका सदस्य संजिव शर्मा , संतोष साह , लेखा रबिन्द्र सिंह, स्थानीय सहजकर्ता लोकेन्द्र प्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुसहरू साह, गाउँपालिका अन्तर्गतका विषयगत शाखाका प्रमुख तथा द्वन्द पिडितको सहभागिता रहेको थियो । कार्यक्रम बलान बिहुल गाउँपालिका तथा न्यायका लागि नागरिक सञ्जालको समन्वयमा समग्र जन उत्थान केन्द्र लहानको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता न्यायका लागि नागरिक सञ्जाल बलान बिहुलका संयोजक पशुपती यादवले गरेको कुरा कार्यक्रम संचालक लोकेन्द्र यादवले बताए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१