Siraha Times
ताजा समाचार

सिरहाको महेशवारी बाट १४ लाख भन्दा बढी नगद सहित हुण्डि कारोबारी तिनजना पक्राउ

  • असोज २, २०८१
  • ९६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव  लहान २ असोज  । जिल्ला सिरहा मिति २०८१ भाद्र २८ गते १२:३० बजेको समयमा हुण्डि सम्बन्धि कसुर गर्ने तिनजना मानिस हरु नगद रकम बोकि भगवानपुर चौक तर्फ बाट उतर लहान तर्फ मोटरसाइकल चढी आइरहेको छ भने गोप्य सुचनाको आधारमा तत्काल ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटि गै जिल्ला सिरहा सखुवाननकारकट्टि ५ स्थित भगवानपुर लहान सडक खण्ड चेक प्वाइन्ट राखी गोप्री सुचना बमोजिमको स ९प १९६२ नम्बरको मोटरसाइकल रोकि चेकजाच गर्दा निमन मानिसहरुको साथबाट जिल्ला सप्तरी राजबिराज नगरपालिका १० बस्ने बर्ष ५७ को मोटरसाइकल चालक मजित मियाले आफ्नो कम्मरमा बाधेको निलो रङ्गको पटुका कम्बरी भित्रबाट नेपाली रुपैया ८ लाख १४ हजार ८ सय ९० रुपैया र भारु ४०० ,ऐऐ बस्ने बर्ष २८ को मोटरसाइकलको बिचमा सवार मो. अल्लाउदिनले लगाएको पाइन्टको कमर नजिक रहेको गोजिबाट नेपाली रुपैया २ लाख ४ हजार ५ सय र ऐऐ बस्ने बर्ष २३ को मोटरसाइकल पछाडि सवार अजय चौधरीले आफ्नो कमबरमा बाधेको सुन्तला रङ्गको पटुका भित्रबाट ४ लाख ५ सय गरि जमा रुपैया १४ लाख १९ हजार ८ सय नब्बे रुपैया स्रोत नखुलेको र मोबाईल ३ थान समेत फेला पारी रितपुर्वक बरामद गरि मोटरसाइकल र रकम सहित निजहरुलाइ नियन्त्रणमा लिइ हुन्डी कारोबार सम्बन्धि कसुर मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट पाच दिनको म्याद लिइ ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान भैरहेको जिप्रका सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१