ताजा समाचार

नेशनल लघुवित्त र सगरमाथा चौधरी आँखा अस्पतालबीच मोतिबिन्दुको अप्रेसन गर्ने सम्झौता

  • असोज २, २०८१
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, ०२ असोज । नेशनल लघुवित्त वित्तीय संस्था लि.र सगरमाथा चौधरी आँखा अस्पताल, लहानबीच मोतिविन्दु रोगीहरुको अप्रेसन कार्यक्रम संचालन सम्वन्धि सम्झौता भएको छ । संस्थाको कार्याकारी अधिकृत सिईओ रामबहादुर यादवको विशेष पहलमा मोतिविन्दु रोगीहरुको अप्रेसन कार्यक्रमको लागि सम्झौता सम्पन्न भएको छ । मधेश प्रदेश क्षेत्रभित्र रहेका आँखाको बिरामीहरुको सगरमाथा चौधरी आँखा अस्पताल केन्द्र विन्दु नजिक पर्ने सिरहा सप्तरी र धनुषामा आँखा शिविरबाट छनौट हुने मोतिबिन्दु बिरामीहरुको अप्रेशन सगरमाथा चौधरी आँखा अस्पताल लहानमा गरिने छ ।

त्यसैगरि महोत्तरी, रौतहट, सर्लाही, बारा पर्सामा आँखा शिविरबाट छनौट भएका मोतिबिन्दुका बिरामीहरुलाई आँखा उपचार केंन्द्र जलेश्वर, सर्लाही र बर्दीवासमा आँखा अप्रेशन गरिनेछ। नेशनल लघुवित्ती वित्तीय संस्थाले मोतिबिन्दुबाट हुने अन्धोपनलाई न्यूनिकरण गर्ने अठोटका साथ विभिन्न कार्यक्रमहरु संचालन गर्ने क्रममा मधेश प्रदेशका विभिन्न ठाउँहरुमा आँखा स्वास्थ्य शिविर संचालन गरि १५ सयवटासम्म अाँखामा मोतिबिन्दु भएका विरामीहरुलाई प्रति आँखामा SICS अप्रेसन गरेवापत लेन्स, कन्जुमेवल्स तथा अन्य खर्च वापत हुन आउने कुल खर्च २५ सयको दरले संस्थाले ब्यहोर्ने छ ।

संस्थाको तर्फबाट संस्थाका मधुपटी (सप्तरी) का अनुगमन अधिकृत आशाराम यादव र अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष रबिन्द्र लाल चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । यसअघि यस्तो किसिमको कार्यक्रमका लागि कुनै संस्थाबिच सम्झौता नभएको वरिष्ट अस्पताल प्रवन्धक अभिषेक रोशनले बताए । केन्द्रिय कार्यालय काभ्रेपलान्चोक रहेको यस संस्थाको शाखा देशका ७७ जिल्लामा जम्मा १ सय ८२ वटा शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤