ताजा समाचार

दिघियामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  • भदौ २९, २०८१
  • ८२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, २९ भाद्र । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. २ दिघियामा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेश्वर यादव (डाडो) को छैठो स्मृति दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेश्वर यादव स्मृती प्रतिष्ठानको आयोजना तथा बलान बिहुल गाउँपालिकाको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ । शिविरमा छिन्नमस्ता अस्पतालका वरिष्ठ चिकित्सक ड. विजय गुप्ता र डा. रमेश यादवको नेतृत्वमा चिकित्सकहरुको टोलीले १ सय ४ जना विरामीहरु स्वास्थ्य जाँच गरि नि:शुल्क औषधि वितरण गरेको हो । कार्यक्रम प्रतिष्ठानको अध्यक्ष नागेश्वर यादवको अध्यक्षता र बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤