Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीको साक्षरतामा वृद्धि गुणस्तर शिक्षामा जोड

  • भदौ २४, २०८१
  • ९८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २४ भदौ । यो सखुवान्नकारक‌ट्टी गाउँपालिका विद्यार्थीको जीवनसँग खेलवाड गर्न नचाहेको हो। गुणस्तर शिक्षाको लागि जस्तोसुकै योजनामा काम गर्न तयार रहेको अध्यक्ष केदारनाथ यादवले बताएका छन् ।साक्षारता दिवसको अवसरमा आज सखवान्नकारकट्टी गाउँपालिकाले अन्तर मावि वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा अध्यक्ष यादवले गुणस्तर शिक्षामा अवरोध गर्ने कहिकतै राजनीतिक हावी छ भने त्यसलाई फिल्टर गरेर अघि बढ्न तयार रहेको बताए ।

गुणस्तर शिक्षाको लागि हामीले कुन टुल्स प्रयोग गर्नुपर्छ ? कलि लगानी गर्नुपर्छ ? हामी पटक पटक अनुभव, अनुगमन, आगन्तुक संवाद र आर्थिक लगानीमा जोड दिएको अध्यक्ष यादवले बताए ।प्रशासकीय अधिकृत राजिव झाले मधेशको साक्षारता ६३.५ प्रतिशत छ। सिरहा जिल्लाको ६५.१ प्रतिशत, सखुवान्नकारक‌ट्टीको ६६.५ प्रतिशत रहेको छ। तर, देशभरको ७६.५ प्रतिशत रहेकोले हामीलाई चुनौती रहेको वताए ।

यसैले विद्यार्थी भाईबहिनीलाई मनोवल उच्च गरेर, अभिभावकहरुलाई आकर्षिल गरेर शिक्षकहरुलाई तरन्कित गरेर शिक्षामा विकास गर्नुपर्छ अधिकृत झाले बताए। झाले शिक्षाको अगाडि गुणस्तर, वातावरणको अगाडि स्वच्छ र खानाको अगाडि पोषण लगाउँनुपर्छ र, अनि बुझ्नुस् समाज, राष्ट्रमा समस्या छ । शिक्षामा व्यापार र ठगको हावी रहेको छ। यसलाई फिल्टर गर्नुपर्ने अनि मात्रै गुणस्तर शिक्षा सवल हुने प्रशासकीय अधिकृत झाले बताए । कार्यक्रममा शिक्षा शाखाका भोगेन्द्र यादव, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज वनैता,राजनीतिक दलका प्रतिनिधि, शिक्षक, जनप्रतिनिधि, पत्रकारलगायतले गुणस्तर शिक्षामा जोड दिएका थिए।कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता र एसईइमा उच्च अंक ल्याएर पास भएका छात्रछात्रालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१