ताजा समाचार

सुनसरीमा चक्कु देखाएर लुटपाट गर्ने सात जना पक्राउ

  • भदौ २२, २०८१
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २२ । सुनसरीको इटहरीमा चक्कु देखाएर लुटपाट गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । रामधुनी ३ का २२ वर्षीय अनिष कोइराला, १९ वर्षीय सुसन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत, रामधुनी ७ का १८ वर्षीय साकार भण्डारी, इटहरी ४ का २४ वर्षीय विशाल तामाङ र इटहरी १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका हुन् । उनीहरूलाई टेङ्ग्रा खोला क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट नगद ३० हजार २ सय ५५, एक थान चक्कु र ओकेटोके हेन्ड सेट दुई थान बरामद भएको छ  । इटहरी ३ तालतलैया नजिक गत मङ्गलबार बाटो छेकेर चक्कु देखाई दुई लाख नगद लुटपाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤