Siraha Times
ताजा समाचार

सिरहा सहित आज मधेशमा चौठचन्द्र र तिज मनाइदै

  • भदौ २१, २०८१
  • १०७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामहृदय यादव लहान भदौ २१ । सिरहा सहित आज  मधेशका जिल्लाहरुमा तिज तथा  चौठचन्द्र (चौठीचाँन) पर्व मनाइँदैछ । मधेशमा भदौ महिना देखि नै पर्व त्यौहारको रौनक बढे लगतै आज तिज र चौठीचांन मनाइदै छन्  छठपछि मधेशमा दोस्रो ठूलो पर्वको रूपमा परिचित चौठचन्द्र पवनीमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् । व्रतालुहरूले साँझपख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन् ।

IMG20240906183635 सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई, त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गर्ने परम्परा छ । यस अवसरमा माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ । साथै, गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ । यो पवनीको प्रारम्भ प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले गरेको धार्मिक मान्यता छ, जसले चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने विश्वास स्थापित गरेका थिए । धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत मधेशका जिल्लाहरूमा यो पवनी विशेष उल्लासका साथ मनाइन्छ । भारतका केही राज्यहरूमा पनि चौठचन्द्र पवनी मनाउने प्रचलन रहेको छ । पवनीको अन्त्यमा चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१