Siraha Times
ताजा समाचार

अन्तरक्रिया गरी मनाइयो अन्तराष्ट्रिय मानव बेच बिखन विरुद्धको दिवस

  • साउन १६, २०८१
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १६ साउन । सिरहाको कल्यानपुर नगरपालिका ७ भेडियाको गोपाल सरयुग नायक जनता उच्च माध्यमिक विद्यालयमा भएको अन्तराष्ट्रिय मानव बेच बिखन विरुद्धको दिवसमा मानव बेच बिखनको समस्या र सामाधानका लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम मुक्ति नेपाल गोलबजारको समन्व्यमा राष्ट्रिय महिला मानव अधिकार रक्षक संजाल, इन्सेक, हेल्पिङ हेन्डस्, समग्र जन उत्थान केन्द्र लहान, प्रदेश युवा संजाल, दलित जनकल्यान युवा क्लब, यु एन ओ पी एस, कल्यानपुर नगरपालिका र नेपाल प्रहरी संगको सहकार्यमा संचालन गरिएको जानकारी हाम्रा सम्बादाता सन्जु कुमारी दासले दिएकी हुन।

 

सम्बादाता दासको अनुसार सेवा सुबिधाको पहुच बाट टाढा रहेको कल्यानपुर नगरपालिकाको २१ जना कामदार ठगीमा परि बेचबिखनमा परेको र लगभग ६ महिना देखि उनीहरुको नागरिकता, मोबाइलहरु खोसेर बन्धक बनाई जम्मु एण्ड काश्मिरमा राखी काममा लगाउने, काम नगरेपछि कुटपिट गर्ने, उनीहरुको कामको ज्यालादारी न दिने,खाना पनि राम्रो न दिने र काम पछि उनीहरुलाई थुनेर राख्ने गरेको थियो । 

जसो तसो एक जनाले आफ्नो मोबाइल जोगाउन सफल भई जानकारी गराए पछि अभियन्ता प्रविन भुडेर र युवाहरुको पहलमा स्थानिय जनप्रतिनिधि र राष्ट्रिय अन्तराष्ट्रिय संचारकर्मी, प्रहरीहरुलाई जानकारी गराई यही श्रावन ११ गते उद्धार गरी घर फर्केको र यस्तो ठाउमा प्रायः यस्ता किसिमका कार्यक्रम नहुने हुनाले, यहाँको मानिसहरुलाई यस्ता कुराको जानकारीका साथै जनचेतना पनि होस् भन्ने उघेश्यले यो कार्यक्रम कल्यानपुरमा राखेको मुक्ति नेपाल गोलबजारका कार्यक्रम संयोजक धिरेन्द्र साहले बताएका हुन।

सुरक्षित अप्रवासन (सामी) का प्रतिनिधि नथुनी मण्डलले पहिला चेली बेटीलाई प्रलोभनमा पारी बिदेशमा लगेर बेच्ने, श्रम शोषन, यौन शोषन गर्ने गरिन्थियो पछि जब सबैका लागी बैदेशिक रोजगारको बाटो खुल्यो तब देखि प्रायः त्यो सबै जना जो श्रम शोषणमा परेको वा कुनै पनि प्रकारको शोषणमा परेको छ कतै न कतै एक प्रकारको बेच बिखनमै पर्ने गरेको बुझिन्छ।

मान्छे मारेकोमा २५ वर्ष कैदको सजाय छ भने मानव बेच बिखनमा संलग्न व्यक्तिका लागि जन्म कैदको सजाय तोकिएको छ । आज भोलि मानव तस्कर र बेच बिखनमा संलग्न व्यक्तिले नयाँ नयाँ तरिका अपनाउने गर्दछ र त्यसै अनुसार कानुनमा पनि केही फेर बदल गर्नु परेको हुन्छ र यस्ता तस्कर र बेचबिखनलाई रोक्ने काम गरी रहेका छौं, मिर्चैया प्रहरी कार्यालयका डी एस पी पन्च कुमार वाकुले बताएका छन।

इन्सेक प्रतिनिधि दुर्गा परियारले एउटा कपडा किन्दा हामी त्यसको क्वालिटी मजबुती हेर्ने गर्छौ भने आफ्नो जीवन दाउमा लगाउनु भन्दा पहिला केही हेर्दैनौ, हामीलाई किन र कहा लगिरहेको छ त्यहा हामी संग के हुन सक्छ, केही बुझेर जानु हुन्न र पछि बेचबिखनमा परी पछताउनु भन्दा पहिलानै होस पुर्याउन आवश्यक रहेको बताएका छन। त्यस्तै दलित जन कलयान युवा क्लबकी शोभाबरालले पहिला आफ्नै आफन्त बाट चेली बेटी बेच बिखनमा परेको र धेरै संघर्ष गरि उद्धार गरिएको थुप्रै महिलाहरु अहिले आफ्नै देशमा राम्रो जीवन बिताइ रहेको बताएकी हुन।

समग्र जन उत्थान केन्द्रका प्रतिनिधि रामकृपाल साहले मानव बेच बिखनमा पर्नुको मुख्य कारण गरीबी बेरोजगारी र अशिक्षा रहेको देखिएकोले स्थानिय सरोकारवालाहरु यसको लागि के गर्न सकिन्छ र हामी बाट के सहयोग चाहिन्छ हामी गर्न तयार रहेको बताउदै हाम्रो रेडियो पनि भएकोले यस्ता जनचेतनामुलक संदेश हामी निः शुल्क प्रसारण गरी दिने प्रतिबद्धता पनि जनाएका थिए । मुक्ति नेपाल द्वारा भारतको जममु काशमीर बाट बन्धक बनाईएका मानिसको उद्धार कार्यमा अहम भुमिका निर्वाह गर्ने मानव अधिकारकर्मी दुर्गा परियार, समाजसेवी अभियन्ता प्रवीण भुडेर , कल्यानपुर नगरपालिका प्रमुख रामपुकार साह र कल्यानपुर न.पा. ७ का वडाध्यक्ष विष्णुदेव यादव लाई खादा ओढाई सम्मान गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१