Siraha Times
ताजा समाचार

स्वास्थ्य तर्फको ०८०/८१ को बार्षिक समिक्षा गोष्ठी नवराजपुरमा सम्पन्न

  • साउन १५, २०८१
  • १०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ साउन सिरहाको नवराजपुर गा.पा.स्वास्थ्य शाखाको आयोजनमा ९ साउनमा स्वास्थ्य तर्फको आ.व. ०८०/०८१ को वार्षिक समिक्षा गोष्ठी गा.पा.अध्यक्ष शिव उदगार यादव(शिवा)को प्रमुख अतिथित्वमा र सम्पुर्ण वडाअध्यक्षहरु लगायत स्वास्थ्यकर्मीहरुको सहभागीतामा समन्न भएको छ। गोष्ठी मार्फत यस पालिकामा भएका उत्कृष्ट कार्यहरु सम्पुर्ण वाडाका स्वास्थ्य चौकीहरुलाई चुस्तदुरुस्त बनाइ पालिका भरीका सम्पुर्ण नागरिकको सहज पहुचको ब्यबस्थापन गरिएको र बैकल्पिक सेवाको लागी आयुर्वेदिक सेवा समेत संचालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख सन्जीब कुमार यादवले बताएका छन।

शाखा प्रमुख यादवका अनुसार यस पालिकाले यसै आ.ब. मा प्राथमिक उपचार केन्द्रमा एम.बि.बि.एस. डाक्टर सहित बिभिन्न उपचार सेवा लगायत सुबिधा सम्पन्न बर्थिङ सेन्टर, एम्बुलेन्स सेवा समेत उपलब्ध गराइरहेको जनाएका छन।

शाखा प्रमुख अगाडी थप्दै पालिका भरीका गर्भबति महिलाले तोकेको संस्थामा गर्भवती जांच र प्रसुती गराएका महिलाहरुलाई आ.ब. ०७९/८० मा १७ जना र आ.ब. ०८०/८१ मा ४८ जनालाई जनहि रु ३५००/- पोषण प्रोत्साहन स्वरुप उपलब्ध गराएको बताएका छन। त्यति मात्र होइन पालिका भरिका नागरिकको आँखा सम्बन्धि बिभिन्न समस्यालाई मध्यनजर गरी आँखा सम्बन्धि शिविर सन्चालन गरी ७३८ जना सेवा ग्राही मध्ये २७४ मोतीयाबिन्दको उपचार र २०६ जनाको शल्यक्रिया पालिकाको लगानीमा गरेको समेत बताएका छन।

स्वास्थ्य सम्बन्धि थप कार्यक्रम मध्ये पालिका भरि गाउँघर क्लिनिक संचालन गर्न आबश्यक फर्निचरको ब्यबस्था, सरकारले तोकेको निशुल्क औषधिको समयमा आपूर्ति, सिरहा जिल्ला भित्र निशुल्क एम्बुलेन्स सेवा, हरेक स्वास्थ्य केन्द्रमा कम्प्युटर जडान, पाठेघर सम्बन्धि निशुल्क उपचार लगायत हरेक बिधालयमा सेनेटेरी प्याड निशुल्क ब्यबस्थापन गर्दै पालिका भरीका नागरिकको लागी निशुल्क रगतको समेत ब्यबस्थापन ब्लड बैंक लहानमा गरेको समेत जानकारी शाखा प्रमुख यादवले गराएका हुन।

गोष्ठी पश्चात हामी संगको छोटो कुराकानी गर्दै गा.पा. अध्यक्ष शिवउदगार यादवले बिगतका सरकारले स्वास्थ्य क्षेत्रमा खासै काम नगरेको र अस्तब्यस्त क्षेत्रलाई बल्ल ट्रायाकमा ल्याएका छौ र यसलाई अझ राम्रो बनाइ हरेक नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुचको लागी मेरो नेतृत्वको स्थानीय सरकार दिनरात मेहेनत गरिरहेको बताएका हुन। उहाँ अगाडी थप्दै स्वास्थ अधिकार हरेक नागरिकको प्रमुख माग हो र जन्ताको माग पुरा गर्न मेरो नेतृत्वको स्थानीय सरकार कुनै पनि हालतमा पछि नहट्ने बताएका छन भने काठमाडौ महानगरपालिकाको समन्वय तथा सहकार्यमा थप एउटा अझै एम्बुलेन्स संचालन ल्याउने तैयारी गा.पा. अध्यक्ष यादवको दाबी रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१