Siraha Times
ताजा समाचार

पहिलो पटक बन्दा खेतिमा मल्चिङ्ग प्रबिधि अपनाउदै खेति गर्दै धनकुटाका युवा

  • जेठ २९, २०८१
  • १३०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २९ जेठ । धनकुटा महालक्ष्मी नगरपालिका याङ्लाबुङ्गका युवा यकेन्द्र मगर आजभन्दा ५/६ बर्ष अघि सबैको सपनाको शहर काठमाण्डौमा कृषि कर्ममा थिए । एकाएक सोचमा परिवर्तन आयो आफ्नै गाउँमा केहि गर्न पर्छ, भनि गाउँ आए अहिले A.S. एनोस कृषि फर्म खोलि कन्ये चाउ उत्पादन गर्दै छन । अनुभवि लगशिल मेहनति किसान भएर पनि होला सफलता हात लागेकै छ । थप उर्जाको साथ कृषि कर्म गरि रहेका छन नै उहाँले तरकारि खेति पनि गरि रहेका छन । यसमा पनि नयाँ प्रबिधिको प्रयोग गरि बन्दा तथा काउलि खेतिमा करिब ९/१० रोपनिमा मल्चिङ्ग प्रबिधि प्रयोग गरि खेति गरेका छन ।

खेति बिस्तारको लागि आफुलाई अझै जग्गा चाहिएको समेत कृषक बताउछ्न यसरि च्याउ, बन्दा, काउलि र आलु खेति गरि रहेका किसान आफ्नो ५० लाख जत्ति लगानि भैसकेको बताउनुहुन्छ, भने आफ्नै गाउँमा अरुलेभन्दा फरक कृषि कार्य गरि रहेका छन । भाग्यभन्दा मेहनतमा बिश्वास गर्ने किसान आफै गाडि हाक्छन ठाँउ- ठाउँमा आफ्नो उत्पादन पुर्याइ दिन्छ्न बजारले खोजेको उत्पादन गर्छ्न बजारमा के चिज बिक्छ कस्तो उत्पादन गर्नु पर्छ बजार बुझेका एक किसान हुन किनकि ५/६ बर्ष राजधानिमा कृषि सगै कृषि ब्यापार गरेर धेरै अनुभव गरेका एक किसान हुन यकेन्द्र लगानि गर्ने हिम्मत भएका जोशिला किसान साचिकै अरुको लागि उदाहरणीय छन भने आफ्नै ठाउँमा पनि आधुनिक शैलि अपनाए खेति गर्न पर्छ भन्ने सोच उहाँको छ । स्रोत: कृषि प्रेस

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१