Siraha Times
ताजा समाचार

समाज सेवामा जुटेकी महतो माथी समाजका केहि ब्यक्तिको नजरिया फरक

  • जेठ २८, २०८१
  • १९४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २८ जेठ । समाज सुधारमा अहम भूमिका निर्वाह गर्दै मेचीकाली बुहारी संयुक्त बुहारी अवाज सिरहा संयोजक रीता कुमारी महतो समाजमा घटिरहेका विकृति विमतिकै चिन्तनमा सदैव तत्पर रहने महिला हुन।मेचीकाली सवन्य समिती योद्धा महतो लहान नगरपालिका ०३ की मनकारी योद्धा भन्दा पनि कमै होला किनकि समय सान्दर्भिक बिहान सुतेर उठने बित्तिकै अर्कैको चिन्तन गर्ने महिला यस लहान नगर पालिकाबाट सायद एक्लै हुनुहुन्छ  र यसलाई सहजै बुझ्न सकिन्छ।

No photo description available.   No photo description available.

जहाँ मधेश प्रदेशको केहि आंसिक भागमा एकल महिला हिँसा कतिको बिकराल रुप लिएर अगाडी भागी रहेको अवस्थामा पनि आफ्ना अहम भूमिका निर्वाह गर्दै अघि बढिरहेको अभियान्ति साहसिक महिला महतो आफ्ना ज्यान र स्वास्थ्यलाइ रति पनि प्रवाह नगरी यहाका पिडित महिला दिदीबहिनीहरु गरिब गुरुवा तथा उत्पीडितमा परेकी सम्पूर्णलाई आफ्नै घरको सदस्यको जस्तो व्यवहारमा मिलाई जुलाई तथा उनीहरुको हक अधिकारका लागि सरोकारबालाहरुसंग सहकार्य गर्न पछी नहटने साहसिक महिला रिता महतो हुन् ।

No photo description available.

महतो लहान नगर पालिका ०३ मा २०३३ साल ४ महिना ५ गते जन्मेकी २०५९ साल १२ महिना ८ गते बैबाहिक बन्धनमा बाधिनु भएकी महतो अहिले उनि बिहान बेलुका अरुकै चिन्तन गर्नेमा सदैब समय बिताउने महिला हुन।

No photo description available.

हाल उनि बस्तीपुरदेखि लहान नगरपालिका १० मा आएर बसाइ सरेकी महतो दिनदुखिका लागि जीवन नै दाउमा लगाई सकेकी छिन । भनिन्छ धर्म गर्दा हानि नै हुन्छ भनि कुरा यहाँ प्रस्ट भएको देखिन्छ अत्तित सम्झिदा अझै पनि झस्किरहने तर पनि मानब सेवामा समर्पित रहेकी छु अभियान्ति महतो बताउछिन।

No photo description available.

आफु के छु कहाँ छु भने थाहा नभएकी के खानु के लानु ठेगान नभएकी महतो निरन्तर समाज सेवालाइ नै आफ्नो कर्म थलो मानेर हिडिरहने महतोलाई यतिखेर समाजका केहि दुराचारिहरुले कुदृस्टीले हेर्न भ्याइसकेकी महतो बताउछिन हुन् त् बिग्रेको जनावरलाइ बाधेर घाँस खुवायो भने महिना दुइ महिनामा नै घाँस खुवाउनेलाई मन पराउन थाल्छ तर बिग्रेको मानव जातिलाई जति जे गरे पनि सुधार्न त्यति सहज नभएको अनुभव महतोले गरिसकेकी छिन तर जे भए पनि म माथिको हेर्ने नजर बिहिनलाई धन्यवाद छ ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१