Siraha Times
ताजा समाचार

सप्तरीको महदेवा चिमटीमा आगलागी प्रभावितहरुका लागि सामुहिक शान्तिभोज सुरु

  • वैशाख २१, २०८१
  • १०७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललितपुरको सहकार्यमा सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत सामुहिक शान्ति भोजमा अग्नि पिडित प्रभावितहरुलाई दैनिक बिहान बेलुका भोजन पकाएर खुवाउने व्यवस्था गरीएको छ । जसमा सप्तरी युथ नेपालको पनि सहभागिता रहेका छन् । साथै मुक्ति नेपालको टीमले त्यहां तत्कालै पुगेर चाहिने आवश्यक विषयमा अनुगमन गरी रहेको छ र मनोविमर्श कर्ता खटाई घटनाका कारण भएको मनोसामाजिक समस्या व्यवस्थापन गराउने कार्य गरीरहेको छ ।

सप्तरीका महदेवा गाँउपालिका वडा न. १ चिमटीमा २०८१ बैशाख १८ गते भएको आगलागिबाट करीब २०० घर  परिवार विस्थापित भएको छ । उनीहरुको सबै सर-सामान घर, अन्न, लत्ता कपडा भाडाकुडा सबै पुर्णरुपमा जलेर नष्ट भएको  छ । प्रभावित हुनेहरुमा सदाय, यादव र मुस्लिम समुदाय रहेकोमा सबै भन्दा बढी सदाय । उनीहरुसंग जीउमा लगाएको लुगा बाहेक केही बचेको छैन । बस्तीमा रहेको चपा कल पनि सुकी सकेकोले पिउने पानीको पनि अभाव रहेको छ । प्रभावितहरुले आफ्नो समस्या भन्दाभन्दै भक्कानिन्छन्  ५५ वर्षिय हरीहर देवी यादव धेरै दुख गरी छोरा छोरी पालेर जसो तसो दुध बेचेर उनीहरको गृहस्ती बसाएकी थिइन । अहीले छोरा बुहारी ,नाती नातिना , पनाति खेलाउदै राम्रै जीवन बिति रहेको थियो । कान्छो नाती वरुण यादवको भर्खर बिहे गरी बुहारी भित्रियाएकी उनी अब दुःखका दिन बिते भन्ने लाग्नै थालेको थियो कि आगलागिले सबै लग्यो केही रह्न दीएन बुहारी संगै दीएको गरगहना फर्निचरका सामान पैसा सबै जलेर सखाप भयो ,भन्दै भक्कानिन्।

त्यस्तै राजेश सदा बैदेशिक रोजगारमा जानका लागि तेही दिन ५ लाख रुपया ल्याएर घरमा राखेका थिये, साझ तीर एजेन्टलाई दीनु थियो तर आगलागि हुदा सबै घरमै जल्यो उनकी पत्नी रामरति सदा रुदै सुनाईन । करीयाही सदा खेतबाट काम गरेर फर्के पछि खाना खाएर एक छीन मात्र निदाएकी थिइन्। उनको घरमा आगजनी हुदा थाहै पाएन बुहारी आएर उठाउदा उनको लुगामा आगो सल्की सकेको थियो जस्ले उनको पेट पोलेको छ साडी फुकालेर फेके पछि उनी संग लगाउने लुगानै थियेन जसो तसो आफ्नो ज्यान जोगाउन सकेको बताउछीन्। रविलाल सदाको छोरा देवतु सदा आफ्नो छोराको विवाह बैशाखको अन्त तीर गर्ने सबै तयारी भै सकेको र बीहेकालागि धेरै सामान जोहो गरी सकेको थियो ।

बटैया खेतबाट उपजाएको अन्न र केही किनेर राखेको जम्मा , चामल (२० मन ) धान ( १५मन ) गहु ( १० मन ) प्याज १० मन , आलु ५ मन र किरानाका सामान सहीत सबै जल्यो अब घर नै छैन छोराको विवाह कसरी र कहा बाट गर्ने भन्ने चिन्ताले सताइरहेको बताउछन्। वडा बाट उनी हरुलाई ३ किलो मुरही , एक पोका नुन, दुई पैकेट चाउचाउ, एक त्रिपाल , एक साडी , र एक झुल दीएको छ । भने नेपाल शसस्त्र प्रहरी द्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरीएको छ बस्तीमा प्रायः सबै प्रभावित संग ज्यानमा लगाएको लुगा बाहेक केही छैन ।

रींकु देवी सदा भन्छीन्। वडा बाट दीएको साडी मात्र छ पेटीकोट र ब्लाउज एउटा मात्र छ । त्यसैलाइ धोएर सुकाउछु अनी लगाउने गर्छु । खाना पकाउन भाडो बर्तन अन्न केही छैन , बस्नका लागि यस्तो चर्काे घाम र हवाहुरीमा ओत पनि छैन । ओछ्याउने केही छैन, सानो सानो बच्चा छ कसरी बस्ने रात भरी निद्रा लाग्दैन, बच्चाहरुलाई कुरेर रात बिताउने गर्छु ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१