Siraha Times
ताजा समाचार

देवसागर पोखरीको माछालाई सुनको नथिया ४१ कुमारी कन्या भोजन सहित १०१ मुर्ते भण्डारा

  • वैशाख १५, २०८१
  • १७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्ताहामा रहेको शक्तिपिठ माँ रजदेवी भगवती मन्दिर परिसरमा रहेको देवसागर पाेखरीमा रहेको एउटा माछाकाे सुनकाे नथिया लगाउनुकाे साथै ४१ भगवती स्वरुपा कुमारी कन्या भाेजन तथा १०१ मुर्ते भंडारा बिधिवत रुपमा सम्पन्न भएको छ।

हिन्दुधर्मा लम्बिहरुको ठुलो आस्थाको रुपमा रहेको यो मन्दिरमा लगभग १०/१२ गाउँका मानिसहरु दिन्हु पुजाआजा गर्न र बलि चढाउन आउने गरेको पाइन्छ। पुर्व वाडाअध्यक्ष महेन्द्र प्रसाद यादव र स्थानीय नेता सतेलाल यादवको अनुसार यस भेगका हिन्दुधर्मालम्बीहरु भाकल गर्ने, पुजाभण्डारा गर्ने अस्टजाम गर्ने कार्यहरु प्रायः दिन्हु भैरहेको बताउछन। जसको फलस्वरुप यस क्षेत्रमा शान्ती सुरक्षा कायम रहेको जनविश्वास रहेको पाइन्छ।

हुन त केहि बर्ष अगाडी यस मन्दिर परिसर भित्र खासै उन्नति र प्रगति हुन सकेको थिएन तर बिगत दश बर्ष यता आम नागरिक लगायत सरकारहरुले यस मन्दिरलाई प्राथमिक्तामा राखेर काम काज अगाडी बढाएको देखिन्छ तर यस मन्दिरलाई हाल सम्म बिश्व सम्पदा सुचिमा पुर्याउन सकेको देखिदैन जबकी यहाँ ब्यापक रुपमा पर्यटक भित्र्याउने प्रवल सम्भावना छ। बर्षेणी नयाँ बर्षको उप्लक्षमा ठुलो मेला लाग्ने यस मन्दिर तर्फ सरोकारवालाको ध्यानाकर्षण हुन अति आवश्यक देखिन्छ।

May be an image of 6 people and watermelon

May be an image of 5 people and people studying

May be an image of one or more people and people studying

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१