ताजा समाचार

सिरहाको लक्ष्मीपुर पतारीमा हुने श्रीविष्णु महायज्ञको तयारी पूरा आज हजारौंको सङख्यामा कलशयात्रा कार्यक्रम सम्पन्न

  • वैशाख ९, २०८१
  • १७०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/ लहान, बैशाख ९ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -३ महेशपुर पतारी पोखरीमा १० दिने श्री विष्णु महायज्ञ हुने भएको छ। आयोजक लक्ष्मीपुर पतारी गाउँपालिका वडा न. १ पिप्रा, ३ महेशपुर , ४ लक्ष्मीपुर तथा पालिकाभित्रका गाउँलेहरुको आर्थिक साथ, सहयोग र समन्वयमा सो विष्णु महायज्ञ आजबाट शुभारम्भ गरिएको छ। नेपाल राष्ट्रिय शान्ति स्थापनार्थ हेतु सुख, समृद्धि, धर्मकर्म, रक्षार्थका निम्ति यज्ञ लागिएको स्थानीय केदारनाथ यादव बताउँछन् ।

महायज्ञ यज्ञ तथा मेला कार्यक्रमहरु- २०८१-१-०९ गते आइतबार कलश शोभायात्रा ( २१, अप्रिल २०२४), महायज्ञ समापन २०८१-१८ गते मंगलबार ( ३० अप्रिल २०२४ ) मा हुनेछ । महायज्ञमा प्रवचन दिन् नामी निकै चर्चित पण्डित लक्ष्मणदास महाराज आउनु भएको छ। विष्णु महायज्ञ तथा मेला कार्यक्रमहरु:- एक पण्डालमा रामायण संकिर्तन नवाह परायण। एघार पण्डालमा श्रीसीताराम यज्ञ संकिर्तन । विशाल भव्य यज्ञशालामा ११ कुण्डमा हवन् । अयोध्याको सर्वोत्कृष्ट रामलिला दर्शन । बृन्दावनको उत्कृष्ट रासलिला दर्शन ।

बनारसको आचार्यद्वारा हवन एवंम पुजा १११ सङ्ख्यामा विष्णु मुर्ति आयोजकले जनाएको छ। आयोजकका अनुसार यो श्री विष्णु महायज्ञ धेरै दिन पछि लागिएको हुँदा मेलामा खासगरी स्थानीय कला, साँस्कृतिक, धार्मिक ऐतिहासिक झल्किने वस्तु तथा सामाग्रीलाई महत्त्व दिइने बताइएको छ। पतारी मेला / पतारी पोखरी ऐतिहासिक भएकाले नेपालको ठाउँठाउँबाट र छिमेकी राष्ट्र भारतबाट दर्शनार्थीहरु लाखौं असङख्य मात्रामा बढने सकने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤