Siraha Times
ताजा समाचार

उपाध्यक्ष मौलाना मशहूद तथा अल्कूफी ले दिए ईदको शुभकामना

  • चैत २८, २०८०
  • १३२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुको, चैत्र २८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी लेस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व ईद (इद–उल–फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै खांले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताए ।

बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरुको सम्बोधन तथा नयाँपनलाई समेत अबलम्वन गर्ने आधार निर्माण संविधानले गरेको छ । स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलंबी लगायत सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना मौलानाले व्यक्त गर्दै सो दिन सरकारले सार्वजनिक बिदा दिएर मुस्लिम समुदाय प्रति सम्मान समेत गरेको बताएका छन्।

डा. अब्दुल गनि अल्कूफीले बताएकीकेही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दु पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्। साथै मौलाना मशहूदले नेपाल टेलीकम तथा एनसेलले इदको शुभकामना को धुन राखेको प्रति आभार व्यक्त गरे

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१