Siraha Times
ताजा समाचार

सप्तरीमा आगलागी हुँदा लाखौको क्षती

  • चैत २६, २०८०
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र २६ । सप्तरीमा आगलागी हुँदा लाखौको क्षती भएको हो सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ६ कडरबोनामा आज करिब दिनको १२ बजे आगलागी भएको थियो सथानीय मो. नाजिरको छोरा मो. गफारको घरबाट आगलागी भएको थियो  । मो. गफारको घरमा सोमबार अपरान्ह भएको आगलागीमा दुई तले टिनको घर जल्दा करिब १८ / २० बराबरको  क्षती भएको पिडित गफारले जनाए  ।

आगलागी घर नजिकै रहेको बारीबाट भएको थियो जुन बेला घरको कुनै पनि सदस्य घरमा थिएन मान्छे नभएको बेला अचानक आगलागी भएको गाउले जनाएको छ । आगलागिमा घरमा भएका सम्पूर्ण लत्ताकपडा खाद्यान्न तथा घरमा भएका अन्नपात लत्ता कपडाका साथै घर छेउमा राखीएको एउटा मोटरसाइकलमा समेत क्षती भएको र आगलागीमा मानिसलाई भने केही नभएको सथानीय जीवन कुमार रामले सिरहाटाइम्सलाई जानकारी गराए । दलितहरुको बसोवास रहेको बस्तिमा आगलागी भएको बेला बाक्लो बस्ति भएकै कारण वारुणयन्त्र उक्त स्थानमा पुग्न नसकेपछी आगो प्रहरीको सकृयतामा र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाए  ।

प्रतिक्रिया दिनुहोस

संगठित कुशवाहा, समृद ...

सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवा ...

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१