Siraha Times
ताजा समाचार

कपिलवस्तुको कर्मामा अवध मैत्री समाजद्वारा हाेलि मिलन समाराेह

  • चैत २०, २०८०
  • १३६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , चैत्र २० नेपाल-भारत अवध मैत्री समाजकाे आयाेजनामा हाेलि मिलन समाराेह एवं सांस्कृतिक कार्यक्रम हुने भएकाे छ। मथुरा ,वृन्दनवन, बृज, काशी , आयाेध्या लगायतकाे अवध संस्कृतिक क्षेत्रमा हाेलीकाे महत्व एवं रितिरिवाजकाे आदानप्रदानका साथै थप भव्य बनाई सांस्कृतिक बिकासमा टेवा पुर्याउने उद्देश्यले हाेली मिलन समाराेह २०८० मनाउन लागिएकाे पत्रकार सम्मेलनका माध्यमबाट आयाेजक समितिले जानकारी गराएकाे छ ।

नेपाल-भारत लगायत हिन्दु धर्मवालम्बी बसाेबास गरेका देशहरुमा विभित्र तरिकाले हाेली मनाउने गरेका छन । साे ही अवसरमा चैत्र २१ गतेका दिन नेपाल र भारतका सांस्कृतिक कलाकारहरुकाे बेजाेड प्रस्तुतिका साथ प्रथम हाेली मिलन समाराेह आयाेजना गरिएकाे नेपाल-भारत अवध मैत्री समाजका केन्द्रीय अध्यक्ष पुर्व राज्यमन्त्री इश्वरदयाल मिश्रले जानकारी दिनुभएको छ ।

कृष्णनगर नगरपालिका वडा ६ काे जनता माध्यमिक विद्यालय कर्माकाे प्रांगणमा गरिने साे कार्यक्रममा भारतीय दुतावासका पदाधिकारी , नेता एवं समाजसेवीका साथै नेपाल तर्फका नेता तथा जनप्रतिनिधिसमेतकाे उपस्थिति रहने आयाेजक समितिले बताएको छ । पत्रकार सम्मेलनमार्फत पुर्व राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे , कांग्रेश महाधिवेशन प्रतिनिधि दीपक शुक्ला, नेता रविदत्त मिश्र , राशिद मिर्जा , कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति अध्यक्ष गंगेशनाथ तिवारी पुर्वप्रधान सचिदानन्द शुक्ला , देवानन्द शुक्लालगायतका स्थानीय जनप्रतिनिधिले सामुहिकरुपमन कार्यक्रमलाई भव्य, सभ्य एवं सफल बनाउन सम्पूर्ण सराेकारवाला , जनप्रतिनिधि , संघसंस्था, सर्वसाधारण तथा संचारकर्मीहरुलाई अनुराेधसमेत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१