Siraha Times
ताजा समाचार

स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

  • चैत १७, २०८०
  • ९६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र १७ । सिरहाको नवराजपुर गाउँपालिकाको गाउँ पालिका प्रमुख शिव उद्‍गार यादवको प्रमुख आतिथ्यमा स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं.०४ स्थित नवराजपुर गाउँपालिकाको कार्यालयमा जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा उक्त कार्यक्रम भएको हाे। 

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्र.उ. सन्तोष आचार्य, सशस्त्र प्रहरी वल नेपाल नं. ७ गण हेक्वा सन्हैठा सिरहाका प्रमुख स.प्र.उ. शिव प्रसाद गैरे, नवराजपुर गाउँपालिकाको उपाध्यक्ष पुनम यादव, गाउँपालिकाका शिक्षा शाखा प्रमुख मुनेन्द्र यादव लगातय गाउँपालिकाका अन्य वडाका वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय झाझपट्टी सिरहाका प्र.ना.नि. राकेश साह तथा प्रहरी कर्मचारीहरु, गाउँपालिकाका अन्य शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” को अवधारणा अनुरुप “स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१