Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा ३ दिने योग शिविर सम्पन्न

  • चैत १७, २०८०
  • ९३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव  लहान चैत्र १७ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा ३ दिने योग शिविर आज सम्पन्न भएको छ । यसै गाउँपालिका वडा न. ५ महेशवारी स्वास्थ्य चौकीको प्राङ्गणमा ३ दिने योग शिविर १५ गते देखि संचालन भएको थियो नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद ) को संयोजकत्वमा भएको शिविरमा गाउँपालिका सखुवानन्कारकट्टीले आयोजन गरेको उक्त शिविरमा सैयोको संख्यामा त्यहाँका स्थानीयहरुले सेवा लिएका छन ।

चैत्र १५ गते बाट शुरु भएको शिविर लगातार ३ दिन सम्म भएको छ । शिविरमा सखुवानन्कारकट्टी गाउँपालिकाका प्रमुख केदारनाथको यादव अध्यक्षतामा आज सम्पन्न भएको हो उक्त योग शिविरमा पालिकाका उप-प्रमुख निलम यादव, प्रमुख प्रशासकिय अधिकृत राजिव झा लगायत जनप्रतिनिधि र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो भने मधेस प्रदेशको सबै जिल्लाबाट आधा दर्जन योग प्रशिक्षक द्वारा शिविर संचालन भैरहेको थियो ।

शिविरमा योग प्रशिक्षकहरुको भनाइ अनुसार मानव योगको अधारमा जिवन यापन गर्न सके ९५% रोग बाट मुक्ति पाउने निश्चित भएको बताएका छन भने रोगीले सजिलै रोग बाट मुक्ति समेत पाएका उनले बताए । आज यस योग शिविरको तेस्रो दिन भएको र मौसम प्रतिकुल भएको कारण सहभागी दुई सय जना आम सर्बसाधारणले योगबाट लाभ लिएर समपन्न गराए । 

स्वास्थ क्षेत्र प्रति स्थानीय सरकार गम्भिर रहेको र यसका लागी जनहितमा बिभिन्न कार्यक्रम संचालन भैरहेकोले पालिकाले गरेको सुचना प्रति नागरिक पनि गम्भिर हुन जरुरी रहेको बताउदै गा.पा. अध्यक्ष केदारनाथ यादवले बताए साथै शिविरमा पालिका बासी उल्लेखनीय रुपमा सहभागी भै सेवा लिनु आउनु भएका सम्पूर्ण सेवाग्राहीहरुलाई हार्दिक धन्यबाद समेत गरेका छन । कार्यक्रमको अध्यक्षता आरोग्य केन्द्रका प्रमुख बैध ज्योति कुशवाहाले गरेकी थिइन भने शिविरमा सहभागी सम्पुर्णको लागी चियापानको राम्रो ब्यबस्थापन गरिएको छ ।

May be an image of 7 people, dais and wedding

May be an image of 7 people, dais and text

May be an image of 4 people and crowd

 

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१