Siraha Times
ताजा समाचार

देशले शिपमूल शिक्षा रोजेको

  • चैत १६, २०८०
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र नेपाल लहान चैत्र १६ । देश बिकासमा पनि मुख्य भुमिका शिक्षा नै रहेको देखिएको छ । यदि शिक्षामा ध्यान दिएन भने देशले गुणस्तरिय शिक्षा पाउन सकिदैन र बिकास र रोजगार सोचेको जस्तो हुन सकिदैन । अहिले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकार अर्थात तिनै सरकारले शिक्षालाई पहिलो प्रोराईटी दिएको छ । यदी एसइइ परिक्षा मर्यादित गर्न सकेन भने सरकारले शिक्षामा लगाएको लगानी मात्र खेर हुदैन देशका युवाहरु नै परम्परा जस्तो चाकरी गर्न बैदेशीक रोजगारमा हुनेछ । देशले शिपमूल शिक्षा रोजेको हो चिटमूलक शिक्षा होईन । यस्ता समस्यकोको अमूल परिर्वतन गर्न शिक्षामा ध्यान दिनु जरुरी देखिएको छ । 

देशकै ठूलो नगरपालिका लहान हो तर यहाँ जनसं ख्य धेरै भएको र बजेट थोरै भएको हाथीको मुखम जीरा भने कहावत बनेको अवस्थालाई लहान नगर प्रमुख महेश प्रसाद चौधरीले शिक्षामा राम्रो लगानी गरेर सयौ जना नगर शिक्षक नियुक्ति गरेर शिक्षामा नै ध्यान दिएको छ ।

नगर प्रमखको भनाई अनुसार शिक्षामा लगाएको लगानी खेर जान नदिन एसइइ परिक्षामा सेन्टर छनोट देखि चिट गर्ने जस्ता अप्रवाहित कार्य रोकेर सत्यतथ्य बचन कर्म अनुसार परिक्षार्थीले परिक्षा दिने माहु बनाउन जोड दिए पनि केही प्र.अ.को. बदमासीले सिरहा जिल्लाको एसइइ बदनाम भएको छ । एसइइ परिक्षाको रिर्पोटिङ्ग गर्न पत्रकार जादा बिधार्थी देखि प्र.अ.लाई टाउको दुखाई हुन्छ । यसमा पनि शिक्षा शाखा देखि मन्त्रालय सम्मका उच्च पदाधिकारीले परिक्षर्थीलाई डिसटर्व गर्न हुलहाल नगरिदिनु जस्ता सूचना निकाल्ने गरेको पाएको छ । जो सक्ष्म छ त्यो बिधार्थी जस्तो सूकै परिस्थीतमा अनाकानी र गुनासो पोख्दैन भने मेरो तर्क रहेको छ । 

मर्यादित परिक्षाको लागि सरहानिय कामको एउटा उदाहरण निम्न अनुसार पढौः मार्यादित परिक्षा सफल गर्न सक्ली र नक्ली परिक्षार्थी पता लगाउन गोप्य सुत्र अनुसार चेकिङ्ग गरि नक्ली परिक्षार्थीलाई पक्राउन गर्न सफल भएको छ । अगामी दिनमा पनि यस्तो नक्ली परिक्षार्थीले शिक्षा क्षेत्रमा ठाडो अनियमितता नगर्न यसपालिको एसइइ परिक्षाको पहिलो दिनमै नक्ली परिक्षार्थीलाई पक्राउ गरि कर्वाहीको दायारामा ल्याएको छ । विभिन्न एसइइ परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी, प्रश्न पत्रको गोपनियता भंग गर्ने लगायत परीक्षाको मर्यादा विपरीत कार्य गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

सिरहाको मिर्चैया नगरपालिका वडा नं.१ स्थित श्री शारदा मा.बि.रामपुरबिर्ता एसइइ परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिईरहेको जन सेवा मा.बि.कर्जन्हाको (सिम्बोल नं ०१६०२०७३ भ् ) को परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिई परीक्षा दिईरहेको नक्कली परीक्षार्थी जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. ५ बस्ने अं. बर्ष १६ को अर्जुन महरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१