Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा ३दिने योग शिविर संचालन

  • चैत १६, २०८०
  • ७८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा निशुल्क ३ दिने योग शिविर संचालन भएको छ । यसै गाउँपालिका वडा न. ५ महेशवारी स्वास्थ्य चौकीको प्राङ्गणमा ३ दिने योग शिविर संचालन नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद ) को संयोजकत्वमा भएको शिविरमा गाउँपालिका सखुवानन्कारकट्टीले आयोजन गरेको उक्त शिविरमा सैयोको संख्यामा त्यहाँका स्थानीयहरुले सेवा लिएका छन । 

आज बाट शुरु भएको शिविर लगातार ३दिन सम्म चल्ने भएको छ । शिविरमा सखुवानन्कारकट्टी गाउँपालिकाका प्रमुख केदारनाथ यादव, उप-प्रमुख निलम यादव, प्रमुख प्रशासकिय अधिकृत राजिव झा लगायत पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो भने मधेस प्रदेशको सबै जिल्ला बाट आधा दर्जन योग प्रशिक्षक द्वारा शिविर संचालन भैरहेको छ ।

योग प्रशिक्षकहरुको भनाइ अनुसार मानव योगको अधारमा जिवन यापन गर्न सके ९५% रोग बाट मुक्ति पाउने निश्चित छ बताएका छन भने रोगीले सजिलै रोग बाट मुक्ति समेत बताएका छन। आज पहिलो दिन भएको र मौसम प्रतिकुल नभएको कारण सहभागी थोरै भएको भएता पनि लगभग दुई सय जना आम सर्बसाधारणले योग बाट लाभ लिएका थिए । 

स्वास्थ क्षेत्र प्रति स्थानीय सरकार गम्भिर रहेको र यसका लागी जनहितमा बिभिन्न कार्यक्रम संचालन भैरहेकोले पालिकाले गरेको सुचना प्रति नागरिक पनि गम्भिर हुन जरुरी रहेको बताउदै गा.पा. अध्यक्ष केदारनाथ यादवले बाँकीको दुई दिन संचालन हुने शिविरमा पालिका बासी उल्लेखनीय रुपमा सहभागी भै सेवा लिनु आउनु हुन हार्दिक अपिल समेत गरेका छन। कार्यक्रमको अध्यक्षता आरोग्य केन्द्रका प्रमुख बैध ज्योति कुशवाहाले गरेकी थिइन भने शिविरमा सहभागी सम्पुर्णको लागी चियापानको राम्रो ब्यबस्थापन गरिएको छ।

May be an image of 3 people, dais and text

May be an image of 2 people and dais

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१