Siraha Times
ताजा समाचार

जीवन विकास लघुवितको गरिव दलितको निःशुल्क ट्युसन सेवा

  • चैत ९, २०८०
  • ८४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान चैत्र ९ । सिरहा जिल्लाको लहान नगरपालिकामा एक देखि अर्को फर्को मार्दै जनतामा उत्साह छर्दै गरेको देखिन्छ लहान नगरपालिका वडा न. १९ कटहा आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहयोगमा निशुल्क ट्युशन सेवा दिने भएको छ यस संस्थाले जिल्ला भित्र रहेका गरिव तथा अत्ति विपन्न परिवारका विद्यार्थीहरुलाई नि:शुल्क  ट्युसन सेवा सेन्टर लहान नगरपालिका वडा न. १९ कटहामा आज एक कार्यक्रम गरि उदघोस गरेको हो यो व्यवस्था गरेपछि वडा न. १९ कटहाका बालबालिकामा राहत मिलेको छ ।

उक्त कार्यक्रममा वडा न. १९ कटहा स्थित बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्त सिरहाका प्रमुख कार्यकारी अधिकृत शिवचरण दासले बताए । प्रमुख दासले भने विद्यालयबाट आएपछि बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सिर्जना भएको छ । ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् । एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताको आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ।

निःशुल्क ट्युसन सेन्टरमा आउने बालबालिकाहरु नियमित स्कुल जाने र आफ्नो सन्तानको पढाइप्रति अभिभावकको चासो पनि तुलनात्मक रुपमा बढेको उनले जानकारी दिए । उक्त ट्युसन सेन्टरका शिक्षक रामभागत मण्डलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लहान नगरपालिका -१९ का वडा अध्यक्ष कमरुदिन राईनको विशिष्ट आतिथ्यता तथा जीवन विकास लघुवित्त सिरहा प्रमुख शिवचरन दास लगायत बुद्धिजीवी , समाजसेवी , स्थानीय तथा विभिन्न मिडियामा काम गर्मे पत्रकारहरुको  उपस्थितिमा कार्यक्रम सप्पन्न भएको जीवन विकास लघुवित्त शाखा कार्यलय गाढाका इन्चार्ज अमोद कुमार मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१