Siraha Times
ताजा समाचार

सहयोग शुल्कको ब्यबस्थापन गरी फडको मार्दै कसहा मावि

  • चैत ७, २०८०
  • १२०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,चैत्र ७ । प्रयाप्त सहयोग नपाएपछि सहयोगको अभावमा नीजि श्रोतबाट संचालित विद्यालय सिराहा जिल्लाको धनगढीमाई ७ कसहामा रहेको श्री जनता माध्यामिक विद्यालयमा शैक्षिक ब्यबस्थापनका लागि विद्यार्थीहरुबाट शुल्क निर्धारण गरिएको अवस्था रहेको देखिन्छ । विद्यालयमा कार्यरत नीजि श्रोतका शिक्षकहरुलाई तलब ब्यबस्थापनका लागि निकायले प्रदान गरेको रकम प्रयाप्त नभएपछि विद्यार्थीबाट शुल्कको बातावरण सिर्जना भएको बुझिएको छ ।

विद्यालयमा विगतका विद्यालय ब्यबस्थापन समिति र वर्तमान ब्यबस्थापन समितिले गरेको निर्णय बमोजिम विद्यार्थीसंग शुल्क उठाएको बुझिएको छ । प्रधानाध्यापक सुरेश शाहले केही दिन अगाडि विद्यालयसंग सम्बन्धित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै,आफू एक पात्र मात्र भएको र विद्यालय ब्यबस्थापन समितिको निर्णय बमोजिम शुल्क विद्यालयले उठाएको बताउनु भएको छ ।

उनले विद्यालयको हरेक विषय वस्तुको बारेमा ब्यबस्थापन समितिले निर्णय गरेर आफूलाई दिएपछि उक्त निर्णय बमोजिम शुल्क लगायतको निर्णयहरु कार्यान्वयनको लागि विद्यालय अघि बढेको बताउनु भएको छ । विद्यालय ब्यबस्थापन समितिले विगत र वर्तमानमा गरेको निर्णय विद्यालयमा शुरुक्षित रहेको उनले बताए । कसहा स्थित विद्यालयको वास्तविक वस्तुस्थिति बुझ्दै जाँदा कतिपय विषय वस्तुको बारेमा आपसी विवाद रहेको देखिन्छ ।

विद्यालय जस्तो पवित्र स्थलमा निकाय अन्तर्गत वाडा कार्यालय एकातिर हरेक विषय वस्तुप्रति गम्भीर भएर अगाडि बढ्नु पर्छ भने बिद्यालयका प्रशासनले समेत लचकता अपनाई वाडा कार्यालयसंग हातेमालो गरेर अगाडि बढ्दा विद्यालय प्रगतितिर अगाडि बढ्न सक्ने अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१