ताजा समाचार

लहान २४ मा स्वास्थ्यकर्मीको मधुमेह र ब्लड प्रेसरको निशुल्क जाँच

  • चैत ३, २०८०
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र ३ । लहान, नगरपालिकाका सम्पुर्ण नगरबासीहरुलाई सुगर (मधुमेह) र उच्च रक्तचापको जाँच नि: शुल्क गरिएको छ । आज देखि नगएबासिको घरदैलो कार्यक्रम मर्फत स्वथय सेवा दिन चिकित्सक खटाएको छ । लहानको वडा नम्बर २४ को स्वास्थ्य चौकीबाट नगर प्रमुख महेश प्रसाद चौधरी र उप- प्रमुख रामचलितर महतो आफैले सुगर र उच्च रक्तचाप जाँच गरि साप्ताहिक अभियानको औपचारिक रुपमा सुरुवात गर्नुभयो । वडा नम्बर - १ देखि २४ सम्म प्रत्येक टोलको घर - घरमा पुगेर चिकित्सकहरुले नगरबासीहरुलाई जाँच गर्नेछ । त्यसका लागि सबै वडाहरुमा २/२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । विपन्न परिवारलाई औषधि समेत नि:शुल्क गरिएको प्रमुख चौधरीले बताए ।

कार्यक्रममा प्रमुख अतिथित मेयर महेश प्रसाद चौधरी , बिशिस्ट अतिथि उपमेयर राम चलितर मह्तो ,अतिथि शिक्षा स्वाथ्री बिज्ञय महेश्वरि चौधरी , स्वास्थ्य प्रमुख जगदिश मणडल, वाड २४र २० का रासलाल राय,गनेश चौधरी, ल्याब टेक्निसियान लगायत सयौ जनाको उपस्थितमा सुगर र उच्च रक्तचाप जाँच साप्ताहिक अभियान लहानको २४ नम्बरबाट सुरुवात गर्नु भएको छ । नागरिकको स्वास्थ्य पनि हाम्रो प्राथमिकता हो । भनी नाराका साथ नगरपालिकाले जनताको लागि सेवा दिन थालेको छ । लहान नगरपालिकाले लक्ष्मिनियामा स्वास्थ्य आधारभुत केन्द्र र लहान १० मा नगर अस्पतालको सिलान्यास गरि १८ महिनाको भित्रमा स्वास्थ्य संस्था सन्चालन गरि नगरपालिकाले स्वास्थ्यको लाभ दिने जस्ता काम गरिरहेको मेयर चौधरीले बताएको छ । त्यस्तै वडा २४ का रासलाल रायले भने अन्य वाडा भन्दा तीन गुणा जनसंख्या भएको यो वाडमा बजेटलाई सौताको ब्यहबार गरेको आरोप लगाएको छ ।

May be an image of 7 people, people studying and chess

यहाँ स्वास्थ, शिक्षा,रोजगार,बाटोघाटाे र सिचाइमा पुर्ण रुपमा ध्यान दिएको छैन भने आरोप लगाउदै भने मनिकदहको स्वास्थ चौकी सन्चालन नभएकोले यहाका जनता समयमा कुनै पनि रोगको उपचार गराउन नपाएर कष्टकर जिवान बिताउन बाध्य छ्न । यो ठाउमा किसानका लागि सिचाइ छैन । खानेपानीको लागि हन्डपम्प र इनारको समेत ब्यबस्थापन नगर्नु हामिसङ सौताको ब्यहवार गरेको आरोप लगाएको छ । अध्यक्ष रायले थपदै भने मानिक दह सौन्दर्यकारण के गर्ने पानीको ब्यवस्थापन समेत गरेको छैन भोलि पर्सिसम्मा दहलाइ गहिरो पोखरी जस्तो तलाउ निर्माण गर्न नगरपालिकाले सुरु गरेन भने आफ्नै निजि स्कभे टार बाट अध्यक्षले तीन दिन पछि मनिक दहमा काम गर्ने अस्वासन दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤