विराटनगरमा स्टाफ नर्स दासको शव शौचालयमा भेटियो

  • चैत २, २०८०
  • ७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत २ । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा सिरहाका एक किशोरीको शव भेटिएको छ । विराटनगर महानगरपालिका वडा न.४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव वाथरुममा फालिएको अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । डीएसपी दाहालका अनुसार उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स सिराहाको फुल्काहकट्टीकी हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर वाथरुममा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१