पोखरभिण्डा मा वि को अध्यक्षमा कामैत

  • चैत २, २०८०
  • ५६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शम्भु चैधरी लहान २ चैत्र । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिक धार पोखरभिण्डा पर्साको विद्यालय व्यवस्थापन समिति सर्वसम्मतिले गठन भएका छन् । महेश्वर कामैतको अध्यक्षतामा चार सदस्य समिति गठन भएको छ । सदस्यहरुमा क्रमशः राजलाल यादव,चन्द्रकला चौधरी,देवकी यादव रहेका छन् । बाँकी दुईजनामा एकजना दाता परिवारवाट र एक जना अन्य वाट गरी दुईजनाको नाम शुक्रबार मनोनयन गर्ने वडा २ का वडा अध्यक्ष राम चन्द्र चौधरीले बताए ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष कामैतका अनुसार म दोस्रो कार्यकालको लागी चुनिएको छु र विगतमा बटुलेका अनुभवलाई सगालदै अगाडी बढने बताए । यता विधालयका प्र अ पशुपति साहका अनुसार यो सफलता यहाँका समाजको सफलता हो, युवाको सफलता हो, बुद्धिजिविको सफलता हो । विगतका अनुभवी तथा युवा यस विधालयका अध्यक्ष पदमा आउनु भएको छ अवश्य नै शिक्षामा सुधार हुने नै छ त्यसमा म विश्वस्त छु प्र अ साहले बताए । पालिकाका विधालय निरिक्षक राम बालक पासमानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष चतुरानन्द ठाकुले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१