कुस्तीको महासंग्राम छरापट्टीमा

  • फागुन २८, २०८०
  • ७४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २८ फाल्गुन । सिरहाको लहान नगरपालिका १९ नौडेगा छरापट्टीमा स्ववियु सभापति रामकृष्ण यादवको समन्वयमा र वाडाअध्यक्ष मो० कमरुद्दिन राइनको सहयोगमा कुस्ती (दाङल) को महासंग्राम शुरु भएको छ । आजको कुस्ती खेलको उदघाटन वाडा अध्यक्ष राइनको अध्यक्षतामा शुरु भएकोमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सभापति रामचन्द्र यादव, बिशिस्ट अतिथि लहान न.पा. उप-मेयर रामचलितर महतो लगायत जनप्रतिनिधिहरु र बिभिन्न राजनैतिक दलका प्रतिनिधि साथै हजारौ दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। 

May be an image of 6 people and crowd

हरेक बर्ष आयोजना भैरहेको कुस्ती खेललाई निरन्तरता दिदै यस बर्षको दङ्गलमा नेपाल र भारतको नामी कुस्तीबाजलाई खेल मैदानमा उतारिएको जानकारी स्ववियु सभापति रामकृष्ण यादवले दिएका छन। आजको उदघाटन खेलमा नेपाल भारत गरी २० जोडीको महा भिडन्त भएकोमा नेपाली पहलवानहरुले भारतीय पहलवानहरु निकै तछाडमछाड गर्दै प्राय सबै पहलवानहरुलाई धुल चटाइएको थियो।भोलीको कुस्तीमा थप नामी पहलवानको भिडन्त हुने आयोजकले जनाएका छन । 

May be an image of 5 people and tree

आजको पहिलो दिनको कुस्ती निकै रोमान्चक रहेको थियो भने कुस्तीको महासंग्राम देखेर दर्शक निकै उत्साहित भइ रमाएका थिए। खास गरी मधेसमा सबैलाई मन पर्ने खेल कुस्ती हो र सदियौ देखि खेलिदै आइरहेको कुस्ती अहिले सम्म त्यतिकै ताजा रहेको देखिएको छ। आजको दङ्गमा पहलवानहरुले दर्शकलाई सन्तुष्ट पार्दै भोलीको कुस्ती अझ सशक्त हुने आयोजकले जनाएका छन।

May be an image of 8 people

 

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१