ताजा समाचार

सिरहाको लहान १९ मा कुस्ती प्रतियोगिता हुने

  • फागुन २७, २०८०
  • १४२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फाल्गुन २७  । सिरहा जिल्लाको लहान नगर पालिका वडा न. १९ छारापट्टीमा आज आइतवार कुस्ती प्रतियोगिता हुने भएको छ  । नेपाल भारतका प्रख्यात कुस्तीवाजहरुले प्रतियोगीतमा भाग लिएका छन् । अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट भारतीय पहलवानहरुद्वारा हुने भएको छन् । शिवरात्रिको अवसरमा आयोजित कुस्ती प्रतियोगितामा भारतका गया पहलवान, बिर्जु पहलवान, कृष्णदेव पहलवानले भाग लिएका छन् ।

भने नेपालतर्फबाट नवलपरासीका विख्यात कुस्तिवाज तथा स्थानीय कुस्तिवाजद्वारा हुने भएको छ ।साबिक सोनमती मझौरा छरापट्टी हाल लहान नगर पालिका वडा न. १९ मा पर्ने यस मन्दिरका प्रांगणमा प्रत्येक वर्ष पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदाको सूचीमा पुर्याउने उदेश्यले महोत्सवमा कुस्ती प्रतियोगिता गरिएको स्ववियु सभापति राम कृष्ण यादवले जानकारी दिए ।

विगत दशकौदेखि चलीआएको यहा कुस्ती प्रतियोगिता यस वर्ष पनि हर्सौल्लासका साथ गराउदै छन् शिवरात्रीको उपलक्ष्यमा हुने यस प्रतियोगितालाई विगत झैँ प्रगाढ बनाउन यस नगरपालिकाका वडा अध्यक्ष मो० कमरुद्दीनको विशेष सहयोगमा हुने कुस्ती प्रतियोगितालाई स्ववियु सभापति राम कृष्ण यादवले पनि साथ दिएका छन्  ।  

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤