ताजा समाचार

सभ्य र समुन्नत समाजको लागी अभिमुखिकरण

  • फागुन २२, २०८०
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २२ फाल्गुन सिरहाको कर्जनहा नगरपालिका ८ मा मुक्ति नेपालको आयोजनामा ११४ औ. अन्तर्राष्टिय महिला दिवसको अवसरमा यस वर्ष महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ कृषि श्रमिक महिलाहरुको समस्या सवाल तथा चुनौती विषयक अभिमूखिकरण कार्यक्रम भएको छ।

समग्र रुपमा भन्नु पर्दा मधेस प्रदेशमा कृषि क्षेत्रमा श्रमिक महिलाहरुको तादाद अत्यधिक रहेको देखिन्छ तर उक्त महिलाहरुको श्रमको मुल्यांकन राज्यले उचित रुपमा गर्न सकेको छैन। बिगत लामो समय देखि मुक्ति नेपालले महिलाको सवालमा धेरै मुदाहरु उठान गर्दै आइरहेको कसै संग लुकेको छैन। आजको यस कार्यक्रम मार्फत कृषि क्षेत्रमा थप बल पुर्याउन गरेको प्रयास स्वागत योग्य रहेको प्रमाणित भएको छ।

मापदण्ड बिपरित रासायनिक बिषादीको प्रयोगले जल, जमिन, जंगल, जिवजनावर लगायत वातावरण समेत दुषित भएको जगजाहिर छ। खेत र पेट बिरामी भएको छ। यी सम्पुर्ण समस्यालाई मध्यनजर गर्दै मुक्ति नेपालले श्रमिक महिलाहरूलाई संठित गर्दै कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न अगाडी बढेको छ र यस महान कार्यमा राज्यको भुमिका अग्रणी स्थान रहन जरुरी रहेको संस्था उपाध्यक्ष रीता कुमारी महतोले बताएकी छिन।

मधेसकै कुरा गर्नु पर्दा यहाँ महिलाहरुको बिहान आँखा खुल्ने बितिकै काम शुरु हुन्छ भने राती सुत्नु अगाडी काम बन्द हुन्छ तर उक्त कामको मुल्यांकन छैन। पुरुष प्रधान देश भएको कारण महिला आफ्नै देशमा दोस्रो दर्जाको नागरिक भएर जिवनयापन गरिरहेका छन। जे काममा पनि महिला अपहेलित भैरहेको अवस्था अहिले सम्म देखिन्छ र यसलाई सहि बाटोमा ल्याउन मुक्ति नेपालको गतिविधि सराहनीय रहेकोले यसमा आमनागरिक समाजको साथ र सपोर्ट उतिकै जरुरी छ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤