मधेशी एकता समाज यूएईको होली मिलन कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन

  • फाल्गुन २१, २०८०
  • ५१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
काठमाडौ - मधेशी एकता समाज यूएईको आयोजनामा भएको होली मिलन कार्यक्रम २०२४ भब्यतासाथ सम्पन्न भएको छ। मधेशी एकता समाज यु ए ई का अध्यक्ष श्री धर्मेन्द्र गोहियर यादवको सभापतित्वमा कार्यक्रम सप्पन्न भएको हो।

कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए यूएईका अध्यक्ष बिकाश साही, नेपाल मुस्लिम आयोगका अध्यक्ष्य समिम मिया अन्सारी , नेपाल दूतावास यूएईको उपमहामहिम श्री विशाल भट्टराई, तृतीय सचिव श्री विमलेश मिश्र, तृतीय सचिव श्री दिलिराम शर्मा, श्रम कौन्सेलर श्री दिनबन्धु सुबेदी, मधेशी एकता समाजको नेपाल इकाइको संयोजक श्रीमती डा. श्री बबी सिंह यादव, मधेशी एकता समाजको संस्थापक र अन्तर्राष्ट्रिय संयोजक डा. श्री रवीन्द्र कुमार यादव सहित अन्य अतिथिहरू उपस्थित थिए।

श्रम तथा रोजगार मन्त्री श्री सरद सिंह भण्डारीको प्रमुख आतिथ्यमअ सप्पन्न कार्यक्रममा दूतावासका उपमहामहिम श्री विशाल भट्टराईको विशिष्ट आतिथ्य रहेको थियो।कार्यक्रममा बोल्दै संस्थाको नेपालकी संयोजक डा. बबी सिंह यादवले मधेशी एकता समाजका नेपाल इकाइले गर्दै आएको विभिन्न क्षेत्रमा सहयोग र समन्वयको जानकारी दिदै होलीको शुभकामना दिनुभएको थियो।

मधेशी एकता समाजको अन्तर्राष्ट्रिय संयोजक डा. श्री रविन्द्र कुमार यादवले कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन र मधेशमा रहेका कुरीति अन्धविश्वासविरुद्ध लड्न काम गरिरहेको विचार व्यक्त गर्नुभयो।

यस्तै मधेशमा शिक्षाको स्तरमा उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शीपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा. यादवले बताउनुभयो । यस अतिरिक्त, श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेजस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको यादवको भनाइ थियो। वर्तमान समयमा बैदेशिक रोजगारमा रहेका मधेशी युवाहरूको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको जानकारी दिनुभएको छ। उनले कम्तीमा तकनीकी प्रशिक्षण लिने र उमेर २० वर्ष पुगेपछि पछि मात्रै बैदेशिक रोजगारको लागि आउने वातावरण बनाउने कुरामा जोड गर्ने सल्लाह दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्री सरद सिंह भण्डारीले मधेशी एकता समाजलाई विदेशका भूमि पनि सम्पूर्ण मधेशीलाई जोडेर राखेकोमा प्रसंसा व्यक्त गर्नु भयो । वहाँले नेपाल सरकारले बैदेशिक रोजगारमा जाने चाहने आवश्यक पर्ने सिप तथा पैसा नेपाल सरकारले उपलब्ध गराउने कुरामा जोड दिएका छ्न।साथै मन्त्री भण्डारीले जोगिरा गएर पनि सुनाएका थिए।

कार्यक्रममा नेपाली राजदूतावास अबुधाबी बाट डेपुटी चिएफ़ ओफ मिस्सन विशाल भट्टराईले बोल्दै होलि पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना दिनु भयो। कार्यक्रममा संयुक्त अरब इमिरेट्सका विभिन्न शहर हरुमा कार्यरत ४०० जना मधेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रगेको थियो।

सो कार्यक्रममा नेपाल बाट गायक जागेश कुमार ठाकुर , नृत्यांगना निरुता साहले प्रस्तुति दिएका थिए भने स्थानीय कलाकारहरु गायक भोला पासवान, नृत्य कलाकार ईशा, शितल, पुनम, र अजित गोले नेतृत्वकाे नेपाली ब्वाइजले आफ्नो प्रस्तुति दिए।

युएईमा भु उपग्रहकाे सफ्टवेयर डिजाइनिङ गर्ने मुकेश झा, मिसाइल डिजाइनिङमा कार्यरत इन्जिनियर दीपक कुमार यादव , न्यू योर्क युनिभर्सिटी आबु धाबी बाट डिग्री प्राप्त गर्ने पहिलो मधेशी उत्तम मिश्रा, दुबईमा फ्याक्ट्री स्थापना गर्ने पहिलो मधेशी विनेश यादव, अन्य मधेशी व्यापारी कविन्द्र यादव, गणेश पुरबे, जीबछ साह लाई सम्मानित गरियो।
नेपालमा होली मार्च २५मा भए पनि रमजानकाे पवित्र महिना मार्च ९ देखि अप्रिल ९ सम्म चल्ने भएकोले, होली मिलन काे कार्यक्रम रमजान अगावै मार्च ३ तारीख मनाइएको हो।

साथै मधेशी एकता समाजले मार्चकाे तेस्रो हप्तामा रमजान काे अवसरमा इफ्तार कार्यक्रम दुबईमा गर्ने संस्थाका दुबई अध्यक्ष धर्मेन्द्र गोहियर यादवले जानकारी गराए।

 

 

प्रतिक्रिया दिनुहोस

बालविवाहन्युनीकरण सम ...

संजु कुमारी दास सिरहा १६ बैशाख । श्री जनतामा.वि.गोलबजार ४ मा (१२ बैशाख, २०८१) ३० जनामा १५किशोर ...

नवलपरासीमा धमाधम प्र ...

नवलपरासीमा धमाधम प्रहरीले ७ लाख ५५ हजार ४१ रुपया बराबरको बिभिन्न अबैध सामानहरु नियन्त्रणमा लिएको छ। ...

मुख्यमन्त्री यादवद्व ...

जनकपुरधाम, बैशाख १५ । मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरी मठिहानी ६ स्थित आगलग्गी प्रभावित क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१