ताजा समाचार

मधेश प्रदेश समन्वय परिषद कतारले बृहत ईफ्तार कार्यक्रम गर्दै

  • फागुन २१, २०८०
  • १६८१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

जनकपुरधाम - मधेश प्रदेश समन्वय परिषद कतारले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि ईस्लामिक धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ।

धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पबित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूलाई इफतार कार्यक्रमको आयोजना गरेको हो।

कतारमा स्थापित विभिन्न संस्थाको सहयोग एव समन्वयमा शुभकामना आदानप्रदान सँगै आयोजित बृहत इफतार कार्यक्रम आगामी १५ मार्च २०२४ शुक्रबारको दिन कतारको सनैया, स्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा स्थानीय समय अनुसार दिउँसो २:००बजे हुने भएको छ।

उक्त कार्यक्रम सफलता पार्नको निम्ति सबैमा उपस्थितिको लागि आयोजक संस्था मधेश प्रदेश समन्वय परिषद कतारको अध्यक्ष नियाज शेखलेे कतारमा श्रम गर्दै आईरहेका सम्पुर्ण मुस्लिम तथा गैर मुस्लिम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निमन्त्रणा समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤